सोमबार, १० जेष्ठ,
काठमाडाैं । नेपालको गणतन्त्र दिवसको सन्दर्भ पारेर आइतबार न्यूयोर्कको म्यानहटन नेपालीहरुको उपस्थितीले भरिभराउ भयो ।
नेपाली झण्डा, पोशाक र पञ्चेबाजा सहित उत्साहप्रद रुपमा डे परेडमा भाग लिन अमेरिकामा रहेका नेपालीहरु न्यूयोर्क भेला भएका थिए ।
गणतन्त्र दिवसका दिन पारेर पहिलो पटक न्युयोर्कमा आइतबार नेपाल डे परेडको आयोजना गरिएको थियो ।
नेपाली समुदायका ४ दर्जनभन्दा बढी सस्थाले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा परेडमा परेडमा गुरुङ जातिले सोरठी, तामाङ जातिले झाँक्री तथा डम्फु, नेवार समुदायले लाखे र धिमे, राई जातिले साकेला, बाल्टिमोर समाजले पन्चे बाजा, मगर जातिले कौडा, लिम्बु जातिले च्याब्रुङ, तराई मधेश समुदायले घाघरारचोली, रिजवुड नेपाली समाजले भजन मण्डली र कलाकार संघले संगीत प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रमको उद्घाटन संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगकी कार्यवाहक प्रमुख सेवा लम्सालले गरेकी थिइन् ।
नेपाल चिनाउने नेपाल डे परेडको लागि वाल्टिमोरवाट पञ्चे वाजा सहितको टोली न्यूयोर्क पुगेको थियोृ ।
न्यूयोर्क लगायत विभिन्न राज्यवाट सहभागी उक्त कार्यक्रममा वच्चादेखि वृद्धसम्मका नेपालीहरुको उत्साहपूर्ण रुपमा सहभागी भएको समाचारमा उल्लेख गरिएको छ ।नेपालीपत्रबाट



0 comments
प्रतिक्रिया दिनुहोस्...