-->
नौ नेपालीले गरे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण
Advertisement

काठमाडौं, २९ वैशाख । यस वर्षको वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहण नेपालीले सफल पारेका छन् ।

नेपाली नौ जना शेर्पा आरोहीले सगरमाथा ९८,८४८ मिटरको सफल आरोहण गरेका हुन् । पर्यटन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले दिएको जानकारीअनुसार नौ शेर्पा आरोहीले बुधबार साँझ ५ बजेर ५ मिनेट जाँदा दक्षिण पश्चिम मोहडाबाट सगरमाथाको आरोहण गरेका हुन् ।
विभिन्न नौ कम्पनीका एक(एक जना गरी नौ जनाको समूह बनाएर उनीहरु गएका थिए । उनीहरु सगरमाथाको चुचुरोमा डोरी टाग्न जाने शेर्पा टोली ९रोप फिक्सिङ टिम० हुन्। सगरमाथा चुचुरोमा आरोहण गर्दा पहिला शेर्पाले डोरी टाग्छन् ।

nepali
सगरमाथा आरोहण गर्नेमा ग्याल्जेन शेपा (टिम लिडर), ग्याल्जेन दोर्जे शेर्पा, आङ्पेम्वा शेर्पा, मिङमाछिरिङ शेर्पा, शेरा ग्याल्जेन शेर्पा, पासाङ तेन्जिङ, मिङ्मा शेर्पा, मिङमा छिरिङ शेर्पा र लाक्पा छिरिङ शेर्पा रहेका छन् ।
प्राकृतिक विपत्तिका कारण आरोहण रोकिएको दुई वर्षपछि यो पुनः सगरमाथाको आरोहण सुरु भएको हो। सगरमाथा आधार शिविर नजिक गएको हिमपहिरो र गतवर्षको भूकम्पका कारण यसअघि सन् २०१४ र २०१५ मा सगरमाथा आरोहण बन्द भएको थियो । सन् २०१६ को यो मौसमको सफल आरोहणसँगै सगरमाथा आरोहण पुनः सुरु भएको छ ।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले लामो समयपछिको सगरमाथाको सफल आरोहणले संसारलाई सकारात्मक सन्देश दिएको बताए। नेपाल मात्र नभई विश्वकै लागि यो ठूलो सफलता भएको बताउँदै उनले प्राकृतिक र मानव सिर्जित विपत्तिपछि गति लिएको समग्र पर्यटन प्रवद्र्धनमा सगरमाथासहित हिमाल आरोहणले उत्साह थपेको उल्लेख गरे ।
अध्यक्ष शेर्पाका अनुसार अहिले धेरै विदेशी आरोही सगरमाथाको चुचुरो नजिक क्याम्प चारमा छन् उनीहरुले बुधबार राति ११ बजेबाट माथितिर चड्न सुरु गरी बिहीबार बिहान ७ बजेसम्म चुचुरो पुग्नेछन् । आधार शिविरमाथि २८९ विदेशीसहित ७०० आरोही गएका छन् ।
पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ आरोही गएका छन्। तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टिम गएका छन् । त्यस्तै अन्नपूर्णमा तीन, मनास्लुमा ११, मकालुमा पाँच वटा टिम आरोहणका लागि गएका छन् । रासस
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.