-->
चालिस लाख किलो जडीबुटी निकासी
Advertisement

नाकाबाट जडीबुटीको निकासी गत वर्षको तुलनामा कम हुँदै गएको छ । 

 भारतको उत्तर प्रदेश राज्य सरकारले लागु गरेको पारवहन शुल्क तथा स्थानीय प्रशासनले दिने अनावश्यक झन्झटका कारण जडीबुटीको निकासी घट्दै गएको नेपाल जडीबुटी व्यवसायी सङ्घका महासचिव टङ्कप्रसाद शर्मा बताउँछन् । यस वर्ष उक्त नाका भएर ४० लाख किलो जडीबुटी निकासी भएको छ । गत वर्ष ७० लाख किलो निकासी भएको थियो । 

 आव २०७०÷७१ मा ४७ लाख ३५ हजार किलो जडीबुटी नेपालगन्जहुँदै भारत निकासी भएको सङ्घले जनाएको छ। बर्सेनि करिब एक अर्ब बराबरको जडीबुटी भारत निकासी हुने गरेको छ । व्यवसायीले भारत उत्तर प्रदेशको राजधानी लखनउ नजिकै पर्ने गोण्डा पुगेर अनुमति लिनुपर्छ । 

 सङ्घका अनुसार मध्यपश्चिमाञ्चलका डोल्पा, जुम्ला, हुम्ला, सल्यान, रोल्पा, जाजरकोट, रुकुम, प्युठान, दाङ, सुर्खेतलगायतका जिल्लामा बर्सेनि ठूलो परिमाणमा जडीबुटी सङ्कलन हुने गरेको छ । ती जिल्लामा सङ्कलन गरिएको जडीबुटी नेपालगन्जसम्म ल्याएर भारत तथा अन्य मुलुकमा निकासी गर्ने गरिएको छ ।

 सो नाका भएर टिमुर, सतावरी, रिठा, पाखनबेद, अमला, गुजरगानो, सिकाकाई, काउलो बोक्रा, तेजपात, हलहलेजरा, बिषजरा, दालचिनी, सालम दाना, जटामसीजस्ता जडीबुटी निकासी हुने बताइएको छ । रासस 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.