-->
भूकम्पमा परी ज्यान गुमाएका सेनाका परिवारलाई आर्थिक सहयोग
Advertisement

बैशाख ३१
गत वैशाखमा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका र बेपत्ता भएका नेपाली सेनाका परिवारलाई सम्मान र आर्थिक सहायता प्रदान गरेको छ। शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति राजेन्द्र क्षेत्रीले कर्तव्य पालनाको क्रममा दिंवगत भएका तथा बेपत्ता भएका नेपाली सेनाका सकलदर्जाका परिवारजनलाई उनीहरूको सेवाको उच्च मूल्यांकन गर्दै मरणोपरान्त कदर पत्र तथा आर्थिक सहायता प्रदान गरेका हुन्।
भूकम्पमा परी दिवंगत तथा बेपत्ता भएका नेपाली सेनाका सकलदर्जाको सेवा र त्यागलाई सम्मान गर्दै क्षेत्रीले कर्तव्यपालनाका क्रममा दिवंगत भएकाहरुको परिवारजनलाई आर्थिक सहायता स्वरुप प्रति व्यक्ति १ लाख र भूकम्पमा परी दिवंगत तथा बेपत्ता भएकाहरुको परिवारजनलाई प्रति व्यक्ति ५० हजार प्रदान गरेका हुन्।
भूकम्प र भूकम्पपछिको खोज तथा उद्धार कार्यमा नेपाली सेनाका २१ तथा नेपाली सेनामा कार्यरत १ निजामती कर्मचारी समेत गरी जम्मा २२ जनाको ज्यान गएको थियो।
यसअघि, भूकम्पमा परी दिवंगत तथा बेपत्ता भएका नेपाली सेनाका २२ सकलदर्जाको परिवारजनलाई नेपाल सरकार र नेपाली सेनाकोतर्फबाट विभिन्न शीर्षकमा गरी प्रति परिवार करिब १५ लाख बराबरको आर्थिक सहायता समेत उपलब्ध गराई सकेको छ।- सेतोपाटी


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.