-->
नेपाल टेलिभिजन र चिनियाँ रेडियोबीच सहकार्य
Advertisement

बैशाख ३१
काठमाडौँः नेपाल टेलिभिजन र चीनको युनान रेडियो एन्ड टेलिभिजन बीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा सैद्धान्तिक सहमति भएको छ ।
नेपालको भ्रमणमा रहेका चीनको छापा, प्रकाशन, रेडियो, चलचित्र तथा टेलिभिजनका लागि राज्य प्रशासकमन्त्री छाई फुछाओ र सूचना तथा सञ्चारमन्त्री शेरधन राई नेतृत्वको द्विपक्षीय प्रतिनिधिमण्डलबीच सूचना तथा सञ्चार मन्त्रालयमा भएको वार्तापछि त्यस्तो सहमति भएको हो ।
दुवै देशका मन्त्रीको उपस्थितिमा आपसी सहयोग एवम् सहकार्य, कार्यक्रम आदानप्रदान, तालिमलगायत विषयलाई समेटेर तयार पारिएको प्रारम्भिक समझदारीमा नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाईं र युनान रेडियो एन्ड टेलिभिजनका अध्यक्ष लिन साइङले हस्ताक्षर गरे।
मन्त्रीद्वयको उपस्थितिमा उक्त सैद्धान्तिक स हमतिपत्रमा हस्ताक्षर भएको हो । सहकार्यसम्बन्धी विस्तृत विवरण दुई महिनाभित्र तयार गरी हस्ताक्षर गर्न दुवै प्रसारण संस्थाका प्रमुखहरुले सहमति पनि गरेका छन् । 
अन्नपूर्ण पोस्ट्बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.