-->
बालुवाटारमा बन्यो भारतलाई ‘मिनिमाइज’ गर्ने रणनीति
Advertisement

काठमाडौं– एमाओवादीले राष्ट्रिय सहमतिको लागि औपचारिक पहल गरेसँगै बुधबार दिनभर राजनीतिक बृत्तमा हलचल मच्चियो । एमाओवादी स्थायी समितिको निर्णयसँगै एमालेको स्थायी समितिका साथै राप्रपा नेपालको अर्को प्रमुख सत्ता साझेदार दल राप्रपा नेपालको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्यो । एमाले र राप्रपा नेपालको बैठकले सरकारको बचाउ मात्रै गरेन एमाओवादीको निर्णय अप्रत्यासित र रहस्यमय भएको ठहर गर्यो । 

Prachanda-kp-oli
यसरी सत्तारुढ दलमै सरकार बचाउने र ढाल्ने दुई खेमा बनेपछि साँझ एमाओवादीसहितको सत्तारुढ दलको बैठक बोलाइयो, प्रधानमन्त्री निवास बालुवाटारमा । तर, सो बैठकमा एमाओवादी सहभागि भएन । एमाओवादी बिनै बसेको उक्त बैठकमा सत्तासाझेदार दल राप्रपा नेपाल, राप्रपा लगायतका नेताहरुको सहभागिता रहेको थियो भने एमाओवादीले गरेको अप्रत्यासित निर्णय बाहिरी प्रभावमा भएको निश्कर्ष बैठकले गरेको एक नेताले बताए ।
भारतले ओली सरकार ढाल्ने रणनीतिअनुसार एमाओवादी र सो पार्टीका अध्यक्ष प्रचण्डलाई प्रभावमा पारेको निश्कर्ष निकाल्दै भारतको रणनीतिलाई असफल बनाउने गरी अघि बढ्ने सहमति बनेको ति नेताको दाबी छ ।

‘विराटनगरमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागि हुँदा प्रचण्डले ओली सरकार ढाल्ने आफ्नो पार्टीले कल्पना समेत नगरेको बताएका थिए, तर , २४ घण्टा नबित्दै रातारात कसरी सरकार फेर्ने कुरा आयो ?’ ति नेताले भने, ‘भारतको इशारामा भएको निश्कर्षसहित बैठकले भारतको योजनालाई मिनिमाइज गर्ने गरि अघि बढ्ने निर्णय गर्यो ।’

भारतलाई मिनिमाइज गर्ने यस्तो रणनीति
बैठकमा राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले भारतको योजनामा घटनाक्रम विकसित भएको भन्दै अब भारतलाई मिनिमाइज गर्ने गरि सत्तारुढ दल अघि बढ्नुपर्ने प्रस्ताव गरेका थिए । भारतलाई मिनिमाइज गर्न सत्तारुढ दलले नै प्रचण्डलाई सहयोग गर्नुपर्ने र यस्तो अवस्थामा उसको योजना असफल बन्ने उनको भनाई थियो । ‘प्रचण्डलाई गोटी बनाएर भारतले नेपालको आन्तरिक मामलामा खेल्न खोजेको छ, भारतलाई मिनिमाइज गर्ने उपयुक्त विकल्प भनेको सत्ता गठबन्धनले नै सहयोग गर्ने हो’ गिरीले बैठकमा राखेको धारणा उद्धृत गर्दै एक नेताले भने । गिरीको प्रस्तावलगत्तै एमाले उपाध्यक्ष बामदेव गौतमले सत्तारुढ गठबन्धनले भारतलाई मिनिमाइज गरेर अघि बढ्नुपर्ने भन्दै समर्थन गरेका थिए । सो प्रस्तावमा प्रधानमन्त्री समेत सकारात्मक बनेपछि यसबारे एमाओवादीसँग समेत थप छलफल गरेर टुंगोमा पुग्ने सहमति बनेको थियो । यद्यपी प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्नुअघि एमाओवादीले पनि नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिनुपर्ने सर्त भने राखेको थियो ।
यसबारे राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीसँग बुझ्दा राष्ट्रियताको सवालमा अहिलेको सरकार स्पष्ट रहेको भन्दै गठबन्धन टिकाइराख्न एमाओवादीलाई समर्थन गर्ने विषयमा छलफल भएको बताए ।

गठबन्धनको निर्णय अनुसार एमाओवादीसँग छलफल

सरकार ढल्ने अवस्था आएर अहिलेको गठबन्धन भत्काइन नहुने एमाओवादी बाहेकका गठबन्धनको निर्णय अनुसार नै एमाले एमाओवादीसँग प्रस्तुत भएको थियो । स्रोतका अनुसार बुधबार अबेर बालुवाटारमै बसेको सो बैठकमा प्रचण्डलाई एमालेले समर्थन गर्ने तर त्यसका लागि ओली सरकारले नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउनुपर्ने एमालेले जोड दिएको थियो । बैठकमा एमाओवादीले भने सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै अब पनि सहयोग गर्न नसकिने भन्दै आफूले राष्ट्रिय सरकारको निर्माणका लागि थालेको अभियानमा सहयोग गर्न एमालेलाई आग्रह गरेको थियो । छलफलमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु तथा एमाओवादीकातर्फबाट अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेताको सहभागिता थियो ।Ratopati 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.