-->
वाईसिएलले एनसेललाई दियो यस्तो चुनौती
Advertisement

काठमाडौँ, २३ वैशाख । एकीकृत नेकपा (माओवादी)को भ्रातृ सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल)ले मुलुकको नियम तथा कानुन अनुसार पुँजीगत लाभकर तिर्न एनसेललाई आग्रह गरेको छ ।

नेपालको ऐन तथा कानुनलाई पालना गर्नु जुनसुकै व्यापारिक निकाय तथा संस्थाका लागि बाध्यकारी भएको सन्दर्भमा नेपाली जनताले तिरेको करबाट प्राप्त भएको सम्पत्तिका विषयमा प्रश्न उठाउने अधिकार जो कोही हुने वाइसिएलले जनाएको छ ।

वाइसिएलका अध्यक्ष रामप्रसाद शर्मा र महासचिव रामप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्पत्ति जुन देशमा सिर्जना भएको हुन्छ राजस्व त्यही देशले पाउनुपर्छ भन्नेमा हामी अडिग छौँ । नेपाली जनतालाई छल्ने काम कोही कसैबाट पनि हुन हुँदैन ।’

यदि कसैले कानुनको गलत व्याख्या गरेर कर उन्मुक्ति दिन खोजे त्यसको प्रतिरोध गर्ने चेतावनीसमेत वाइसिएलले दिएको छ । वाइसिएलले व्यवस्थापिका–संसद्को अर्थ, विकास र सार्वजनिक लेखा समितिमा एनसेलका बारेमा छलफल भए पनि निकास निस्कन नसक्नु र कारोबारका बारेमा सरकारले समेत जानकारी नपाउनु दुखद भएको बताएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.