-->
रुपन्देहीमा भाउजु र देवरको अवैध यौनसम्बन्ध, दाईले रंगेहात समातेपछि…
Advertisement

रुपन्देही, ११ जेठ । रुपन्देहीमा एक पुरुषले आफ्नै श्रीमती र भाईको हत्या गरेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार अवैध यौनसम्बन्ध राखिरहेको देखेपछि आफ्नै श्रीमती र भाईको हत्या गर्ने दयानगर–५ चिलिया बस्ने ५८ बर्षीय बलराम पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरेलले ४० बर्षीया श्रीमती कृष्ण पोखरेल र ४५ बर्षीय भाई चन्द्र प्रसाद पोखरेलाई ईट्टा प्रहार गरी हत्या गरेका थिए । पोखरेलले सोमबार राति दुवै जनालाई चन्द्र प्रसादको घरमा अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा रंगेहात फेला पारेका थिए । त्यसपछि उनले श्रीमती र भाईलाई इँटाले लगातार प्रहार गरेका थिए ।

file pic

प्रहरीका अनुसार शरीरको विभिन्न भागमा ईट्टा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि भैरहवा मेडिकल कलेज लगिएकोमा दुवैजनाको उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.