-->
ओलीलाई कांग्रेसले भन्यो- हामीले के सहयोग गर्नुपर्छ गर्छाै, तपाई अगाडि बढ्नुस्
Advertisement

काठमाडौं, ११ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारलाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रतिबद्धता जनाएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको सर्वदलीय बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य महेश आचार्यले देशलाई विकास र निकाश दिने सरकारको कदममा कांग्रेसको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका हुन् ।

congress 1111

बैठकपछि कांग्रेस नेता महेश आचार्यले भने- ‘मधेसको समस्या समाधानका लागि असन्तुष्ट पक्षसँग अनौपचारिक तवरबाट कुरा गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गर्यौ । त्यसमा हामीले के सहयोग गर्नुपर्छ गर्छाै भनेका छौं । मुलुकको विकास र समस्या समाधानको फेजमा सरकारलाई कांग्रेसको पूर्ण साथ, समर्थन र सहयोग हुन्छ ।’


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.