अदुवा : धेरै अगाडी अदुवा रुघा– खोकीदेखि लिएर पेटको रोग निको पार्नको लागि प्रयोग गरिन्थ्यो । पछिल्लो अनुसन्धान प्रतिवेदन अनुसार , अदुवा क्यान्सरको उपचारका लागि पनि एकदमै फाइदाजनक छ । यसले क्यान्सर लाग्नबाट बचाउने गर्दछ ।
बेसार : बेसारमा करक्यूमिन नामक पदार्थ पाइन्छ जसले स्वस्थ्यका अनेक समस्याहरुका साथै रोगहरु पनि निर्मूल पार्ने काम गर्दछ ।turmeric यसमा हुने एन्टिअक्सिडेन्ट र एन्टिएन्फ्लामेन्ट्री गुणले क्यान्सर बढ्न दिँदैन । यस्तै धेरै स्रोत र अध्ययनका अनुृसार बेसारले क्लोन क्यान्सर प्रोष्टेट क्यान्सर , स्तन क्यान्सर , छालामा हुने क्यान्सर आदि विरुद्ध लड्ने काम गर्दछ ।
रातो खुर्सानी : यस्ता खुर्सानीमा हुने केपसेसिनले शारिरक दुखाईमा राहत प्रदान गर्दछ । केपसेसन छालामा लगाएमा सवस्टेन्स –पी नामक केमिकल उत्पादन गर्दछ । जसले दुखाइबाट टाढा भगाउने काम गर्दछ साथै क्यान्सरका कोषहरु बढ्न दिँदैन ।







0 comments
प्रतिक्रिया दिनुहोस्...