-->
मनिषा हत्या आरोपी भन्छन्,‘फेसबुक पोष्टको बिषयमा झगडा परेको थियो’
Advertisement

जेष्ठ १३, २०७३- बर्दघाटस्थित आफ्नै घरमा आज बिहान मृत फेला परेकी १७ वर्षीया मनिषा घर्तीमगरको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । उनी राष्ट्रिय फुटबल खेलाडी बिमल घर्तीमगरकी बहिनी हुन् । प्रहरीले अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले मनिषाको मृत्युलाई शंकास्पद भन्दै अनुसन्धान थालेको हो ।

मनिषा आमासंगै बर्दघाटस्थित घरमा बस्दै आएकी थिइन् । आमा बुटबल गएको बेला गाउँकै आशिष भनिने रुद्रनारायण चौधरी बुधबार साँझ घरमा आएका थिए ।

प्रहरीले घटनाको अनुसन्धानको लागि चौधरीलाई नियन्त्रणमा लिएको हो । चौधरीले दिएको बयानअनुसार फेसबुकमा लेखिएको पोष्टको बिषयमा दुईजनाबीच भनाभन भएको थियो । भनाभनको क्रममा मनिषाले आफूलाई एक थप्पड हिर्काएको र आफूले मनिषालाई कुटेको चौधरीले बयानमा भनेका छन् ।

‘एक बोत्तल बियर खाएर गएको थिएँ । फेसबुकमा लेखिएको पोष्टको बिषयमा झगडा पर्यो’, चौधरीले बयानमा भनेका छन्,’म उनको घरबाहिर निदाएँ । राति ११ बजे ब्यूझिएर हेर्न जाँदा कोठामा सलले पासो लगाएर झुण्डिएको अबस्थामा देखें, सलवाट निकाल्दा मृत्यु भइसकेको रैछ ‘

चौधरी मनिषाको घरमा बुधबार मात्रै ४/५ पटक आउजाउ गरेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । उनीहरुबीच ४ वर्षदेखि प्रेम सम्बन्ध थियो ।

चौधरीले उनको सल घरभन्दा पश्चिमको पेट्रोलपम्प नजिकमा फालेको प्रहरीले जनाएको छ ।

चौधरी राति ११ बजे मनिषाको घरबाट आफ्नो घरमा पुगेको प्रहरीले जनाएको छ ।

मनिषाले कक्षा ११ को परीक्षा सकेर बसेकी हुन् भने चौधरी एसएलसी अनुत्तीर्ण हुन् ।

नवलपरासीका एसपी राजेन्द्र चौधरीका अनुसार मनिषाको घाँटीमा निलडाम छ र कोठामा रगतको टाटा पनि देखिएको छ । शवको पोष्टमार्टमको लागि काठमाडौंको शिक्षण अस्पताल लगिएको उनले जानकारी दिए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.