काठमाडौं, १० जेठ । नेपालका लागि गान्सु प्रान्तको लान्झाउबाट रेल पठाउँदा भारतबाट अनौपचारिक रुपमा असन्तुष्टिहरु व्यक्त भएपछि चीनले भारतलाई पनि आफ्नो रेलमार्गमार्फत जोड्ने भएको छ ।
उसले नेपालतर्फ विस्तार हुने छिङ्हाई– तिब्बत रेल सञ्जाललाई भारतसम्म लैजान ईच्छा देखाएको हो । भारतीय पत्रिका द हिन्दूमा प्रकाशित समाचारमा भर्खरै सम्पन्न नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा चिनियाँ प्रधानमन्त्री र ओली बीच छिङ्हाई– तिब्बत रेलसञ्जाललाई नेपाल हुँदै भारतसम्म विस्तार गर्ने विषयमा छलफल तथा समझदारी भएको उल्लेख छ ।
बेइजिङमा भारतीय पत्रकारहरुसँगको पत्रकार सम्मेलनमा चीनको इन्स्टिच्युट अफ हिस्ट्री स्टडिजका निर्देशक चाङ् युनले चीनको रेल नेपाल हुँदै भारतसम्म लैजान नेपाल र चीनका प्रधानमन्त्रीबीच समझदारी भएको बताए ।
उनले भने– ‘छिङ्हाई– तिब्बत रेलमार्ग नेपाल–चीन रेल सीमासम्म विस्तार गर्ने काम चाँडै सम्पन्न गर्न चीन लागिपरेको छ । चिनियाँ रेल नेपालतर्फ जोडिनुपर्छ भन्नेमा नेपालभित्र व्यापक समर्थन छ ।’
चिनियाँ सरकारलाई तिब्बतको मामिलामा सल्लाह दिने काम समेत गर्दै आएका निर्देशक चाङ्ले नेपालभित्र चिनियाँ रेल पुग्दा भारतलाई घाटा हुने टिप्पणी दिल्लीमा भइरहेको भन्दै त्यसलाई चिर्न पनि चिनियाँ रेल भारतसँग जोड्न चीन ईच्छुक रहेको स्पष्ट पारे ।
dainiknepal

0 comments
प्रतिक्रिया दिनुहोस्...