काठमाडौँ, १० जेठ । विभिन्न किसिमका धाक धम्की तथा डर त्रास देखाई रकम माग गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर हरिसिद्धि बस्ने खोटाङ फेदीगा–२ घर भएका २७ बर्षीय पुष्पराज राई र २७ बर्षीय हस्तराज राई रहेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनीहरुले झापा सुरुङ्गा नगरपालिका–४ घर भई काठमाडौँ नयाँबानेश्वर बस्ने ३६ बर्षीय ताराविर विकलाई विभिन्न मोवाइल नम्वरहरु प्रयोग गरी धाक धम्की तथा डर त्रास देखाई रकम माग गरेका थिए ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आइतबार बुद्धनगरबाट नगद ६५ हजार रुपैयाँ र ५ थान मोवाइल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal


0 comments
प्रतिक्रिया दिनुहोस्...