काठमाडौँ, ५ जेठ । नेपाल प्रहरीका केही प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नावय उपरीक्षक डीएसपीमा बढुवा भएका छन् ।
प्राविधिक प्रहरी समूह अन्तर्गत इन्जिनियरिङ उप–समूहको कम्प्युटरतर्फको प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा बढुवा भएका प्रहरी अधिकृतहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरे ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरुमा प्राविधिक प्रहरी नायव उपरीक्षकहरु रामहरि सिंखडा, पशुपतिकुमार राय र श्यामकुमार मण्डल रहेका छन् ।
उनीहरु नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको यही जेठ २ गतेको निर्णयानुसार प्राविधिक प्रहरी समूह अन्तर्गत इन्जिनियरिङ उप–समूहको कम्प्युटरतर्फको प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा बढुवा भएका थिए ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरी प्रविधियुक्त प्रहरी सेवातर्फ क्रियाशील हुनुपर्ने अवस्था आएकोले प्राविधिक प्रहरीहरुले यसतर्फ अगुवाई गर्नुपर्ने उल्लेख गर्दै दर्जाअनुसार ज्ञान, सीप क्षमता बढोत्तरी गर्दै अगाडि बढ्न निर्देशन दिए ।
बिज्ञान प्रविधिको युगमा दैनिक भएको परिवर्तनबारे जानकार भई पुलिसिङको क्षेत्रमा नवीनतम प्रविधि लागू गर्न चिन्तनशील हुनुपर्नेमा उनले जोड दिए ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।दैनिक नेपाल

0 comments
प्रतिक्रिया दिनुहोस्...