
Advertisement
|
काठमाडौ । पुगनपुग सात महिनाको कार्यानुभव गरेका यूवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलको मन्त्री हुँदाको अनुभव त्यती मिठो हुन सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास गरेर नियूक्त गरेका मण्डललाई ओलीको राम्रै सहयोग रह्यो तर पनि उनको कार्यानुभव भने मिठासपूर्ण हुन सकेन ।
रिपोर्टर्स नेपालको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले खुलेरै आग्रह गरे,‘ जीवनमा सबै कुरा बन्नुस तर प्लिज मन्त्री चाँही नबन्नुस’ भनेर आफ्नो तितो कार्यानुभव ब्यक्त गरे ।
उनले अगाडि भने,‘ मन्त्री पद फाटेको जुत्ता जस्तो हो । यो काम लाग्ने पद रहेन छ ।’
मन्त्रीको अनुभव यस्तो तितो किन त ? खोज्ने प्रयासमा उनले भने,‘ चरम दवाव हुँदो रहेछ, कर्मचारी यतिसम्म अजिर्ण छनकि कामै गर्न दिदैन । अनि कसरी काम गर्ने ?’मन्त्री मण्डले क्रिकेट संघको अधिवेशनको बेला आफूलाई पार्टीदेखि शक्ति केन्द्रसम्मको दवाव आएको जानकारी दिदै चरम दवाव सहन नसकी आफूले राजिनामा पत्र तयार पार्ने अवस्था आएको सुनाए ।
उनले भने,‘ दवाव सहन नसकेर मैले राजिनामा तयार पारेको थिए । तर प्रधानमन्त्रीले राजिनामा नदिनुस भनेपछि बसेको हु । अहिले फेरि चाईना भिजिटलाई लिएर त्यस्तै थेग्नै नसक्ने दवाव छ । चीन भ्रमणबाट फर्किएपछि राजिनामा दिएर आनन्दको जीवन विताउँछु ।’
मन्त्रीको नेतृत्वमा पर्सि ५० जनाको टोली चीन सरकारको निम्तोमा त्यता जाँदैछ ।
उनले सरकार कहिले ढल्ने भन्ने कुरा निश्चित नभएपनि हल्ला आएपछि कर्मचारीले आफू पनि काम नगर्ने गरेको र कुनै काम पनि गर्न नदिने गरेको अनुभव सुनाउँदै खेलकुदमा जति राजनीतिक हस्तक्षेप अरु कतै पनी नभएको दावी गरे ।Nepalsandesh


0 comments
प्रतिक्रिया दिनुहोस्...