-->
सैनिक मुख्यालयमा पच्चीस करोड अलपत्र, जर्नेलले छानबिन गर्ने
Advertisement

काठमाडौं, १० जेठ । २०७२ वैशाखको भूकम्पले क्षति पुगाएको नेपाली सेनाको हेडक्वार्टर र सेनाकै क्षतिग्रस्त अन्य युनिटहरूको पनुर्निमाण र मर्मत सम्भारका लागि सेनालाई पुनर्निमाण प्राधिकरणले ७५ करोड निकासा दिएको थाहा भएको छ ।pardann
७५ करोड रकममध्ये ५० करोड रुपियाँ सेनाका विभिन्न युनिटका लागि निकासा दिइएको र बाँकी २५ करोड रकम भद्रकालीस्थित सैनिक मुख्यालय निर्माण शुभराम्भका लागि खर्च गर्न नेपाली सनोले हेडक्वार्टरमा राखेको थाहा भएको छ । साँघु साप्ताहिकले समाचार छापेको छ ।
हाल पाल टाँगेर आफ्नो दैनिकी सञ्चालन गरिरहेको आर्मी हेडक्वाटरले आफ्नो हेडक्वार्टरको भवन पुनर्निमाणको बजेट खर्च गर्नेतर्फ अहिलेसम्म कुनै पनि कानुनी प्रक्रिया प्रारम्भ नगरेकोमा सेनाका रथीवृन्दहरू छक्क परेका छन् ।
सेनालाई पुनर्निमाणका लागि उपलब्ध गराएको बजेट २०७३ असार मसान्तभित्रै खर्च नभएमा सो बजेट ल्याप्स हुनेछ ।
जेठ १० गतेबाट हिसाब गर्ने हो भने २५ करोड बजेट जोगाउने दिन असार मसान्त आउन ५३ दिन मात्र बाँकी छ ।
प्रधानसेनापति राजेन्द्रक्षेत्रीले सेनाको मुख्यालय पुनर्निमाणका लागि किन चासो दिइरहेका छैनन् भन्ने रहस्य नबुझेर सैन्य अधिकृतहरू अलमलमा परेका छन् ।
नेपाली सेनाको मुख्यालयले वैशाख १२ को भूकम्पले क्षति पुगाएको सैनिक गठ्ठाघर सानोठिमीको निर्माणका सम्बन्धमा सत्यतथ्य छानविन गर्न सहायक रथी रमेशराज महतको नेतृत्वमा छानविन बोर्ड गठन गरेको छ ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.