-->
प्रचण्डको नेतृत्वमा नौ सदस्सीय हेडक्वाटर
Advertisement

२०७३ जेष्ठ १० सोमबार काठमाडौँः नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा नौ सदस्सीय हेडक्वाटर बनाउँने निर्णय गरेको छ ।

विभिन्न १० माओवादी घटकसँगको एकतापछि बसेको केन्द्रीय समिति बैठकले अन्य पदाधिकारी नरहने गरी तत्कालका लागि नौ सदस्सीय हेडक्वाटर बनाउँने निर्णय गरेको हो ।

केन्द्रीय समितिमा एक पदीय वा बहुपदीय भन्ने विषयमा सहमति जुट्न नसकिरहेका बेला सोमबारको बैठकले हेडक्वाटर बनाउने निर्णय गरेको एक नेताले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए । हेडक्वाटरमा कोको छन् ?

प्रचण्ड नेतृत्वको हेडक्वाटरमा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा, देव गुरुङ, मातृका यादव, मणि थापा, जयपुरी घर्ती र तिलक परियार रहने छन् ।

माओवादी एकतापछि राजधानीको बत्तीसपुतलिस्थित एक पार्टी प्यालेसमा आइतबारबाट माओवादीको केन्द्रीय समिति बैठक बसिराखेको छ । annapurnapost


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.