दिल्लीमा विमान दुर्घटना
११ जेठ, एजेन्सी।
भारतको राजधानी दिल्लीमा विमान दुर्घटना भएको समाचार छ।
भारतीय सरकारी समाचार टेलिभिजन च्यानल दुरदर्शनको अनुसार सो एक एयर एम्बुलेन्स थियो जसमा ७ व्यक्ति सवार थिए।
विमानको ‘क्र्यास ल्याण्डिङ’ भएको बताइएको छ।
अल्केमिस्ट एयरलाइन्सको सो एयर एम्बुलेन्स पटनाबाट दिल्ली आउदै थियो। स्थानीय समय अनुसार पौने ३ बजे दिल्लीको नजफगढ इलाकामा घटना भएको जनाइएको छ।



0 comments
प्रतिक्रिया दिनुहोस्...