-->
बेहुला र बेहुलाका बाबु बेपत्ता भएपछि बेहुली पक्ष किन पुगे चौकीमा ?
Advertisement

वीरगञ्ज, ५ जेठ । दाइजोमा नम्बरी जग्गा नपाएको निहुमा बिहे नै भाँडने बेहुला र उनका बुबा घर छाडेर फरार भएका छन् ।पर्साकै लखनपुर– ४ घर भएका बेहुली सुनिताका बुबा मथुरा साहले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि बेहुला र उनका बुबा दुवै जना फरार भएका हुन् ।
पर्साका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले बेहुला पक्षका बाबु र छोरा दुवैले घर छाडेको बताए । उनले भने, ‘बेहुली पक्षले प्रहरीमा उजूरी दिएपछि बेहुलाका बाबु र छोरा दुवै घर छाडेका छन् । उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरेका छौ ।’
नम्बरी जग्गामा दाइजो नपाएको निहुमै पर्साको महुवन गविस वडा नम्बर ३ का हरिशंकर साह र उनका बुबा गणेश साहले धम्की समेत दिएको छ ।
-लाइटनेपालबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.