बैशाख ०१
प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारका लागि हुने सबै आन्दोलन समाप्त भइसकेको बताउनुभएको छ । उहाँले अव मुलुकको आर्थिक सम्वृद्धिको यात्रा सुरु भएको उद्घोष गर्नुभयो ।
युवा संघ नेपालको २६ औँ स्थापना दिवसका अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अवको आवश्यकता भनेको समृद्ध नेपाल भएको बताउनुभयो । उहाँले हरेक नेपालीको अनुहारमा खुशी छर्न आर्थिक समृद्धि अनिवार्य रहेकोले सवैले त्यसवाटोमा लाग्नुपर्ने बताउनुभयो ।
चीनवाट नेपालका लागि मालसमान लिएर ट्रेन छुटेको भनेपछि धेरै आँत्तिसकेको प्रधानमन्त्री ओलीको दावी गर्नुभयो । आफ्नो भारत र चीन भ्रमणका क्रममा भएका सम्झौताहरु तत्काल कार्यान्वयनतर्फ अगाडी वढिसकेको जानकारी गराउनुभयो । प्रधानमन्त्री ओलीले भारतका लागि नेपाली राजदुतलाई सरकारले फिर्ता बोलाउनु कसैसँगको रिसीबी साँध्न नभई यो देशको आन्तरिक मामिला भएको स्पष्ट पार्नुभयो ।
संविधानसँग असन्तुष्ट पक्षका जायज माग पुरा गर्न सरकार सधै तयार रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । असन्तुष्ट पक्षलाई सरकारले वार्तामा वोलाउँदा वार्तामा नआउने अनि हाम्रो माग पुरा भएन भनेर आन्दोलन गर्ने गरेको आरोप समेत लगाउनुभयो ।- न्यूज24नेपाल बाट



0 comments
प्रतिक्रिया दिनुहोस्...