जेठ ०४
नवलपरासी । २५६० औँ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस–२०७३ को अवसरमा लुम्बिनीसहित बुद्धसँगसम्बन्धित स्थलमा विविध कार्यक्रम हुने भएका छन् । बुद्ध जयन्तीको अवसरमा ‘लुम्बिनी, नेपाल भगवान् शाक्यमुनि बुद्धको जन्मस्थल, बुद्ध धर्म एवम् विश्व शान्तिको मुहान’ भन्ने उद्घोषसहित जेठ ८ गते सबैभन्दा भव्य कार्यक्रम बुद्धको जन्मस्थल लुम्बिनीमा हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुहुने सो कार्यक्रमको मूल समारोह बिहान ९ः०० बजे लुम्बिनी सङ्ग्रहालयसँगैको प्राङ्गणमा हुनेछ । सोही दिन लुम्बिनीमा धार्मिक पूजा बिहान ६ः०० बजे (मायादेवी विहार परिसर), शान्ति ¥याली विहान ६ः३० बजे मायादेवी विहार परिसरबाट हुनेछ ।
यसैगरी, जेठ ९ गते बिहान १०ः०० बजे मायादेवी विहारबाट शिशु बुद्धको रथयात्रा तथा मोटरसाइकल ¥यालीसहित प्राचीन कपिलवस्तु, तिलौराकोट, जेठ १० गते देवदहको भवानीपुर र जेठ ११ गते भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम, नवलपरासीमा बुद्ध जयन्ती कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।
पुर्बेलीन्युजबाट



0 comments
प्रतिक्रिया दिनुहोस्...