-->
प्रचण्ड र बादलले छुट्टा-छुट्टै बैठक बोलाए
Advertisement

५ जेठ, काठमाडौं ।
पार्टी एकताको लागि १३ बुँदे सहमति गरेर भोली पार्टी एकता घोषणा गर्नको लागि एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा बादलले छुट्टाछुट्टै बैठक बोलाएका छन् ।
पेरिसडाँडा र बुद्धनगरम दुवै पार्टीको बैठक बसेको हो । सुरुमा ४ सय ९९ सय महाधिवेशन आयोजक समिति बनाउने माओवादीहरुबीच सहमति भएपनि केन्द्रीय सदस्यका आकांक्षीको सङ्ख्या ठूलो भएपछि दुवै माओवादीमा भद्रगोल सुरु भएको छ ।
एमाओवादीमा १ सय ५१ सदस्यीय केन्द्रीय समिति मध्ये बाबुराम भट्टराई समुहले २४ जना केन्द्रीय सदस्य नयाँ शक्तिमा गएपछि हाल १ सय २७ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् ।
एकीकरणको पूर्वसन्ध्यामाः प्रचण्डले बोलाए स्थायी समितिको बैठक
यता वादलको नेतृत्वमा १ सय ३० जना केन्द्रीय सदस्य रहेका छन् । पार्टी एकता गर्दा हाल केन्द्रीय सदस्य रहेकाहरुलाई केन्द्रीय सदस्य कायम गर्ने माओवादीहरुबीच सहमति भएको छ । तर एमाओवादीले हेटौडा महाधिवेशनको क्रममा केन्द्रीय सदस्य बनाएकाहरुलाई स्वतः केन्द्रीय सदस्य बनाउनु पर्ने बताएपछि लफडा निस्किएको छ ।
दुवै माओवादीको बैठक सम्पन्न भएपछि संयुक्त कार्यदलको बैठक बसेर केन्द्रीय सदस्यहरुको नामावलीको टुंगो लगाउने एमाओवादीका एक नेताले बताए । उनले भने,‘विगतमा पनि पदकै कारण समस्या भएको थियो, यस पटक पनि पदकै कारण लफडा हुने देखिन्छ, हेरौ नेतृत्वले के गर्छ ?’ विवाद हुने भन्दै पार्टीको एकता घोषणापछि मात्र संगठनात्मक विषयको टुंगो लगाउने तयारीमा प्रचण्ड रहेका छन्। -नेपाली हेडलाइनबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.