-->
भारतीय नेताले चीनसँग जोडेर नेपाललाई गम्भीर आरोप लगाएपछि नाराणकाजीको ‘काउन्टर अट्याक’
Advertisement

काठमाण्डु, ३० वैशाख– एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली सरकार टिक्नुमा चीनको कुनै हात नरहेको बताएका छन् ।

NARAYAN KAJI

बुधबारमात्र भाजपाका एक सांसदले तल्लो सदनमा बोल्दै नेपालले चीनको सपोर्टमा भारतलाई हेपेको आरोप लगाएपछि बिहीबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी श्रेष्ठले सरकार टिक्नुमा चीनको कुनै हात नरहेको बताएका हुन् ।
नेपालले भारत र चीन दुवै छिमेकी देशसँग सुमधुर सम्बन्ध बनाउनुपर्ने बताउँदै उनले भने, ‘सरकार ढाल्ने खेलमा बहिरिी शक्ति लागेको कुरालाई हामी नकार्न सक्दैनौँ । तर, चीनको ईसारामा वर्तमान सरकार परिवर्तन नभएको भन्ने चाही शतप्रतिशत गलत कुरा हो ।’
एक फरक प्रशंगमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्ध गर्ने र राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय सुझबुझपूर्ण निर्णन नभएको बताए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.