-->
फेरी कोरियामा नेपाली कामदारद्धारा आत्महत्या
Advertisement

korea

सोल,३० वैशाख । नेपाली युवाहरु जो वैदेशिक रोजगारीमा जान चाहन्छन् उनीहरुका लागि सबै भन्दा बढी आकर्षक मुलुक भनेको दक्षिण कोरिया नै हो ।

लगभग एक लाख रुपैयाँ लगानीमा कोरियन भाषा उत्तिर्ण गरेका नेपाली कामदारले मासिक न्यूनतम सवालाख आम्दानी गर्ने गरेका छन् । थोरै लगानीमा धेरै आम्दानी हुने भएका कारण कोरियामा नेपालीको आकर्षण बढेको हो ।

नेपालीहरुको आकर्षण बढेसँगै उनीहरुमा मानसिक तनावपनि बढी नै हुने गरेको छ । जसका कारण अप्रत्यायीत दुघंटना व्यहोर्नु परेको छ । फेरी कोरियामा यस्तै दुःख घटना भएको छ । गुल्मी घर भएका अन्दाजी २८ वर्षे एक युवकले घाटीमा पासो लगाई आत्महत्या गरेका छन् । कार्यरत कम्पनीको एक स्टोररुममा झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।

३५ महिना अगाडि इपिएसमार्फत कोरिया पुगेका उनी हाल सउलबाट पश्चिमतर्फ पर्ने यान्फ्यानस्थित फर्निचर कम्पनीमा कार्यरत थिए । उनको सहकर्मीका अनुसार आँखामा धुलो प¥यो भनी कोठामा गएका थिए । उनी कोठामा गए भनेर बस्दा पछि आत्माहत्या गरेको थाहा पाएको बताइएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.