-->
माओवादी एकता घोषणा हुँदै, पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’
Advertisement

२०७३ जेष्ठ ६ बिहीवार
फोटो :प्रकाश दाहालको फेसबुकबाट
काठमाडौँः जनयुद्धसँगै लडेर शान्ति प्रक्रियामा आएपछि टुक्राटुक्रा भएका केही माओवादी घटकबीच बिहीबार एकता घोषणा हुँदै छ ।

एकता घोषणा पछि पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ हुने एमाओवादी नेता हिमाल शर्माले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।

gosana
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा हुन लागेके एकतामा नेकपा क्रान्तिकारी माओवादीबाट रामबहादुर थापा ‘बादल’ समूह, मातृका यदव नेतृत्वको नेकपा (माओवादी), मणि थापा नेतृत्वको नेकपा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीबाट विद्रोह गरेर आएका तिलक परियार नेतृत्वको समूह सहभागी हुँदै छन् ।

यो एकता प्रक्रियामा पार्टी विभाजनपछि निष्कृय रहेकी जनयुद्धकी चर्चित नेतृ जयपुरी घर्ती समेत सहभागी हुँदै छन् । एकता घोषणा तीन बजेपछि हुने छ ।

एकतापछिको माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड नै रहने छन् भने उपाध्यक्ष समेत नारायणकाजी श्रेष्ठ नै रहने निश्चित भएको माओवादी स्रोतको दाबी छ ।

एकतापछि माओवादी केन्द्रको महासचिव बादल बन्ने पक्का भएको छ । वर्तमान महासचिव महरालाई उपमहासचिव बनाउने सहमति भएको स्रोतको दाबी छ ।

यो एकतापछि पार्टीलाई बहुपदमा लाने निर्णय भएको शर्माले बताए । शर्माले भने, ‘अहिले एकता घोषणा मात्र हुन्छ । एकतापछि पार्टीलाई बहुपदीय प्रणालीमा लैजाने विषयमा छलफल भइरहेको छ ।’

एकतामा सहभागी माओवादीले एकता घोषणाको एक वर्षभित्रमा महाधिवेशन गर्ने समझदारी गरेका छन् । एकतापछि माओवादी केन्द्रको पाँच सय ९९ सदस्य रहेको केन्द्रीय समिति बन्ने छ ।

माओवादीबीचको बृहत एकता भनिएको भए पनि जनयुद्धमा सँगै लडेका चर्चित नेता मोहन वैद्य ‘किरण’, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द सहभागी छैनन् । annapurnapost


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.