-->
प्रधानमन्त्रीको अर्काे घोषणा- अब नेपालले भारतको तेल प्रयोग गर्दैन्, आफै उत्पादन गर्छ
Advertisement

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई वर्षपछि नेपालले भारतबाट इन्धन ल्याउन नपर्ने बताएका छन् ।
उनले आगामी दुई वर्षभित्र नेपालले आफ्नै उत्पादनको पेट्रोलियम पदार्थ प्रयोग गर्ने गरी आत्मनिर्भर हुने बाटोमा सरकार अघि बढेको भन्दै भारतबाट तेल ल्याउन नपर्ने बताए ।parchann
प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय महाअधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालले लामो समय दक्षिणी छिमेकी भारतको तेल प्रयोग गरेको र उत्तरी छिमेकी चीनको पनि प्रयोगको आश गर्नुपरेको सन्दर्भमा सरकारले स्वदेशमै तेल खानीको दैलेखमा अन्वेषण गरिसकेको बताए ।
नवलपरासी जिल्लामा वार्षिक रु १० अर्ब आय हुने फलाम खानीसमेत फेला पारिसकेको ओलीको भनाई थियो ।
मुलुकले लोकतान्त्रिक संविधान पाइसकेकाले अब तीव्र आर्थिक विकास हुने गरी सरकारले बजेट ल्याउने र जनतामा आशा जगाउने काम गरिरहेकाले वृद्धिजीवी र पत्रकार वर्गले त्यसलाई सकारात्मक रुपमा बुझिदिनुपर्ने उनको आग्रह थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रेस चौतारीले स्थापना गरेको हृदयचन्द्र सिंह स्मृति पत्रकारिता पुरस्कार शिव गाउँले, अग्नि शिखा पुरस्कार देवराज अर्याल, डेकेन्द्र थापा स्मृति पुरस्कार यज्ञराज थापा र विद्युत् माओजी तथा वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार दिलीपकुमार सिंहलाई प्रदान गरे ।
महाअधिवेशनमा करिब ७०० जनाको सहभागिता छ । रासस
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.