-->
लुम्बिनीमा चीनका वरिष्ठ बौद्ध भिक्षु एवम् दार्शनिक सुआन चाङको मूर्ती राखिने
Advertisement

बैशाख २३
चीन, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चीनका वरिष्ठ बौद्ध भिक्षु एवम् बौद्ध दर्शनसम्बन्धी दार्शनिक सुआन चाङको मुर्ति राखिने भएको छ ।
सुआन चाङ् चीनका ठूला बौद्ध भिक्षु हुनुहुन्थ्यो र उहाँ सयौँ वर्ष पहिले नेपालको लुम्बिनीमा पुगेर गौतम बुद्धको बारेमा अध्ययन गर्नुभएको थियो ।
उहाँले नै नेपालबाट फर्किएपछि चीनमा बौद्ध धर्मको प्रचार र विस्तार गर्नुभएको विश्वास गरिन्छ ।
चीनको हेनानमा सन् ६०२ मा जन्मिएका चाङ् चीनमा बौद्ध धर्मदर्शनका ठूला बिद्वान हुनुहुन्थ्यो । उहाँले बौद्ध धर्मदर्शनको अध्ययन र खोजका क्रममा नेपाल र भारतका विभिन्न क्षेत्रको भ्रमण गर्नुभएको थियो ।
उहाँको यो योगदानको कदरस्वरुप नेपालमा हुन गइरहेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको अवसर पारेर उहाँको मुर्ती स्थापना गरिने भएको जानकारी चीनको युनिभर्सिटी अफ सियानका प्राध्यापक डा.राजिव कुमार झाले दिनुभयो ।
नेपालले आगामी जेठ ८ गते परेको गौतम बुद्धको जन्म जयन्तीको अवसरलाई जेठ ६ देखि ८ गतेसम्म तीन दिन अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका रुपमा मनाउने तयारी गरिरहेको छ ।
उहाँले भन्नुभयो– यस विषयमा प्रधानममन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा निर्णय भइसकेको छ र उक्त मुर्तीको स्थानाका लागि चीन सरकारका तर्फबाट पनि उच्च पदस्थ अधिकारीको सहभागिता हुनसक्ने छ ।
चिनियाँ सहर सियान र नेपालको काठमाडौं भगिनी सहर (सिस्टर सिटी) हुन् र प्रा डा. झा उक्त सहरका सद्भावना दूत पनि हुनुहुन्छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा उहाँलाई दूतमा नियुक्त गरिएको थियो ।
उक्त बौद्ध सम्मेलनमा चीनको सान्सी प्रान्तका उप गभर्नर यायो यिङ्लियान नेपाल जाने र सोही अवसरमा लुम्बिनीमा सुआन चाङको मुर्ती स्थापना गरिने कार्यक्रम तय भएको जानकारी डा. झाले दिनुभयो ।
यस सम्मेलनमा चीनबाट बौद्ध भिक्षु, बौद्धधर्म र दर्शनक विशिष्ठ व्यक्तित्व र सरकारबाट पनि उच्चस्तरीय प्रतिनिधित्वका लागि डा झाले सान्सी प्रान्तका साथै सियान नगर र अन्य छिमेकी प्रान्तमा स्थानीय पत्रपत्रिकामार्फत प्रतार प्रसार गर्नुभएको छ ।
उहाँले भन्नुभयो– चीन सरकारका तर्फबाट उच्चस्तरीय प्रतिनिधित्व हुने भएको छ तर अहिले नै नाम सार्वजनिक गर्न भने मिल्दैन । 
News24Nepal.com


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.