-->
ओखलढुगांमा मोवाइल बैकिगं सेवाको प्रयोग वढ्दैै
Advertisement

ओखलढुगां / ओखलढुगांमा मोवाइल बैकिगं सेवाको प्रयोग वढ्दै गएको पाइएको छ । मोवाइल र इन्टरनेटको सुविधा वढेपछि सर्वसाधरण इ वैकिगं तर्फ आकर्षित भएका हुन् । वैंकहरुले पनी यस्ता सुविधा विस्तार गर्न थालेपछि मोवाइल वैकिगंका प्रयोगकर्ता वढेका हुन् ।

घरमै वसि वसि आफनो खाताको व्यालेन्स वुमm्न, स्टेटमेन्ट लिन, रकम स्थानान्तरण गर्न मोवाइल रिचार्ज गर्न तथा विभिन्न विल भुक्तानी गर्न ओखलढुगां जिल्लावासीले यो सेवा यो उपयोग गरीरहेका छन् । राष्ट्रिय वाणिज्य बैंक ओखलढुगां शाखा मार्फत मोवाईल बैकिंग सेवा सुचारु गरी मोवाइल रिचार्ज लिने अत्याधिक रहेका छन् ।

बैकको ५० देखि ५२ प्रतिशत कारोवार इवैकिगं बाट हुने गरेको राष्ट्रिय वाणिज्य वैकं ओखलढुगाका प्रवन्धक सुमन आचार्यले बताउनुभयो । उहाका अनुसार गत वर्ष मोवाईल बैकिंगका प्रयोग कर्ता करिव १ हजार ९ सय रहेकोमा यो वर्ष दोब्बर बृद्धि भई जिल्लाका ३ हजार ९ सय १३ जनाले मोवाईल बैकिगंको सुविधा लिईरहेका छन् ।

bankबैंकबाट करिव दुइ हजार ४ सय जनाले एटिएम सेवा पनी लिईरहेका छन् ।बैकंको खातामा भएको रकम बाट आफुले चाहे अनुसारको रकम मोवाईलमा रिचार्ज बढ्दो अवस्था रहेको आचार्यको भनाई छ । रिचार्ज कार्डका लागी खर्च हुने समय बचत र सुविधायुक्त प्रविधि भएकोले यसको प्रयोगकर्ता बढेका हुन् ।

अहिले दैनिक १५ १६ जनाले मोवाईल बैकिगं सेवा लिनका लागी आवेदन दिने गरेका छन् । चेक लिएर वैक सम्म पुग्नुपर्ने र लाइनमा उभिनु पर्ने झन्झट नहुने भएकोले छिटोछरितो का लागी मोवाईल वैकिगं सेवाको प्रयोग गर्ने गरेको इबैकिंग प्रयोगकर्ता गरेको रमेश धमला बताउनुहुन्छ ।

यो प्रविधि संगै बैकमा भिडभाड पनी कम हुने गरेको छ । राष्ट्रिय वाणिज्य वैकंको देश भरका १ सय ६२ शाखा मध्य मोवाईल बैकिंग सेवा बढी प्रयोग हुने मध्य चौधौ शाखा ओखलढुगांमा पर्दछ ।PurbeliNews


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.