खतरनाक आतंकवादी संगठन इस्लामिक स्टेट आईएसले ड्राइभरविना नै चल्ने कार निर्माण गरिरहेको नेटोका सुरक्षाविज्ञले जानकारी दिएका छन् । यो कारले भिडभाडमा गएर आफैँलाई उडाउन सक्ने बताइएको छ ।

यदि यस्तो प्रविधि आविष्कार गर्न आईएस सफल भएमा यसले नयाँ सुरक्षा चुनौती थप्ने बताइएको छ । विशेषगरी उत्तर अमेरिका तथा युरोपमा यस प्रकारको कार केही वर्षभित्र नै सामान्य बन्ने भएको हुनाले युरोप तथा अमेरिकालाई टाउको दुखेको छ ।
केही वर्षपछि बेलायतमा ड्राइभरविहीन कार निकै प्रचलनमा आउने एक अध्ययनले देखाएको छ । नेटोका अधिकारीले आईएसले विकास गरेको प्रविधिले बेलायतमा सजिलै आक्रमण गर्न सक्ने बताएका छन् ।
नेटोका उपमहासचिव जेमी शीले रक्कामा बम बनाउने आफ्नो फ्याक्ट्रीभित्र यस प्रकारको प्रविधि विकास गरिरहेको बताएका छन् ।



0 comments
प्रतिक्रिया दिनुहोस्...