-->
मस्तिष्क तेज बनाउन यसाे गर्नुस्
Advertisement

बोस्टन-प्रायः व्यस्त भएकोमा तपाईंले गुनासो गर्नुहुन्छ होला तर शोधकर्ताहरूले भने व्यस्त हुनु तपाईंको मस्तिष्कका लागि अति राम्रो भएको बताएका छन् ।
‘जति व्यस्त त्यति राम्रो’ शीर्षकमा फ्रन्टियर्स इन एजिङ न्युरोसाइन्स जर्नलले छापेको छ, ‘हामी जति व्यस्त हुन्छौँ, हाम्रो बोध क्षमता उति बढ्छ ।’ यो शोध अमेरिकाको युनिभर्सिटी अफ टेक्सास र युनिभर्सिटी अफ अलाबामा दुवैले मिलेर गरेका हुन् ।
‘धेरै ठाउँमा व्यस्तता र संलग्नता रहने र कतै पनि संलग्न नरहनेहरूबीच तुलनात्मक अध्ययन गर्दा व्यस्त रहनेको दिमाग अलि सक्रिय, क्षमता अलि बढी भएको पाइयो,’ अध्ययनकी प्रमुख तथा टेक्सास विश्वविद्यालय डलासकी पोस्टडक्टलर वैज्ञानिक सारा फेस्टिनीले भनिन्, ‘अघिल्ला अध्ययनले नयाँ सीपले मानसिक क्रियाकलाप अझ बढ्ने देखिएको थियो तर झन् बढी तनाव झेल्ने किसिमका काममा व्यस्त हुनेको दिमाग अझ सक्रिय भएको पाइयो ।’
यसले सन्तान भएका आमाले व्यस्त कामलाई बोझ पो मान्ने हुन् कि भन्ने ठानिएको थियो तर आमाहरूले पनि गनगन गरे पनि उनीहरूले समस्या समाधानमा सक्रिय भएर लागेको देखियो ।
‘हुन त व्यस्तताले मानिसको सम्बन्धमा नकारात्मक प्रभाव पार्ने चाहिँ नदेखिएको होइन तर व्यस्तताको तह बढ्दै जाँदा मानिसको सोच्ने क्षमता पनि बढ्ने रहेछ भन्ने परिणाम आएको छ,’ फेस्टिनीले भनिन् ।
शोधकर्ताहरूले ३ सय ३० जना ५० देखि ८९ वर्ष समूहका स्वस्थ पुरुष र महिलामाथि यो अध्ययन गरेको थियो । अध्येताले पाएका उत्तरलाई ‘व्यस्तताको मापन’ गर्दै कामको गतिको मापन, काम गर्दाको स्मरण शक्ति, शृंखलाबद्ध लामो समयको स्मरण, कार्यकारण छुट्याउने क्षमता, सघन ज्ञानलगायतका कुराहरूमा विश्लेषण गरिएको थियो ।
अध्ययनको सारांशमा भनिएको छ, ‘उच्च तहको व्यस्तताले ५० देखि ८९ वर्ष उमेर समूहका व्यक्तिमा बोधक्षमता पनि उच्च नै देखिएको छ ।’ तर अध्ययनले ज्यादै व्यस्तताका बीच आराम नगर्ने, आफ्नो हेरचाह नगर्ने प्रवृत्ति व्यापक रहेको समेत देखाएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.