-->
आजको राशिफल – मिति वि.सं. २०७३ साल जेठ ११ गते मंगलबार तदानुसार इश्वी सन् २०१६ मे २४ तारिख
Advertisement

आजको राशिफल – मिति वि.सं. २०७३ साल जेठ ११ गते मंगलबार तदानुसार इश्वी सन् २०१६ मे २४ तारिख

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) – नोट – प्रश्तुत राशिफल नेपाली पात्रोबाट साभार गरिएको ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धि हातलागी नहुन सक्छ। आफ्नै सहयोगी प्रतिस्पर्धामा उत्रन सक्छन्। स्वास्थ्य कमजोर रहनाले काममा जुट्न नसकिएला। बाध्यतामै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाट धोका पाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ। सेवामूलक कामबाट प्रतिष्ठा मिल्न सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
दौडधुपमै समय बित्नेछ। चिताएको काम स्थगित हुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। परिस्थितिले केही अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ। अध्ययनमा बाधा पुग्नेछ । हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।


मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रयत्न गर्दा मनग्य फाइदा हुने दिन छ। विशेष अवसरले उत्साह जगाउनेछ। प्रेम र मित्रताका बन्धन कसिनाले मन प्रसन्न रहनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्व निखार्न सकिनेछ। पहिलेको सम्झौताले केही अप्ठ्यारो परिस्थिति निम्त्याउन सक्छ, सचेत हुनुहोला।


कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा र्इर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने अवसर पाइनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुन सक्छ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने अस्वस्थताले कमजोरी महसुस हुनेछ। पढाइलेखाइमा त्यति समय दिन नसकिएला। व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्न सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन विलम्ब हुनेछ। प्रतीक्षा गरिएको विषयमा सकारात्मक परिणाम प्राप्त नहुन सक्छ।


कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विगतका निर्णयले काम बिग्रन सक्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। महत्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ। परिवारमा आमाको माध्यमबाट फाइदा होला।


तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अनुकूल समय छ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
राम्रै फाइदाको योग छ। सहयोगीहरूले साथ दिनेछन्। बोलीको भरमा काम सम्पादन हुने समय छ। विचारले धेरैलाई आकर्षण गर्ने बेला छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। मान–सम्मान पाइनेछ भने प्रशंसकहरू पनि बढ्नेछन्।


धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिष्ठित कामले हौसला जगाउनेछ। सहयोगीहरूको साथले आत्म–विश्वास बढाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। कामबाट फुर्सद मिल्नेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटमा मन रमाउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा हुन सक्छ।


कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि मनग्य फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र सोचेभन्दा बढी नै फाइदा हुनेछ।


मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.