-->
करेन्ट लागेर हात्ती मरेपछि भारतमा सयौँ शोकाकूल [ हेर्नुहोस् १० तस्बिर ]
Advertisement

जेठ १०
नयाँदिल्ली–भारतको आसामस्थित कामरुप जिल्लाको चक्रपानी गाउँमा आइतबार करेन्ट लागेर एक हात्तीको मृत्यु भएपछि सयौँ जनता शोकाकूल भएका छन् ।
जंगली हात्ती गाउँमा खाद्यान्नको खोजीमा आइपुगेको थियो । तर, गाउँमा केही व्यक्तिहरुले यस्तै हात्ती छिर्नसक्ने आशंकासहित आफ्नै ढंगबाट करेन्ट लाग्ने तार बिछ्याएका थिए ।
त्यस्तै तारमा परेर हात्तीले ज्यान गुमायो । यसपछि भने गाउँलेमा निराशा बढ्यो । आइतबार उनीहरुले हात्तीको मृत शरिरलाई अबिर र अन्य रंगले रंगाइदिए र हात्तीको दाहसंस्कार समेत गरे ।
मृत हात्ती हेर्नका लागि सयौँको संख्यामा सर्वसाधारणहरु भेला भएका थिए । एसियाटिक प्रजातीको यो जंगली हात्तीले गाउँमा एक स्टोरमा गएर धान खाएको थियो ।
त्यसपछि फर्कने क्रममा हाइ भोल्टेजको करेन्ट लागेर हात्तीको मृत्यु भएको हो । स्थानीय अधिकारीहरुका अनुसार मानिसको जनसंख्या बढ्दै जाँदा यस क्षेत्रमा जंगल फडानी बढेको छ । त्यसैले खाद्यान्नको खोजीमा वन्यजन्तुहरु गाउँ छिर्ने गर्छन् ।रातो पाटीबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.