-->
भारतले नेपालमाथि फेरि देखायो दादागिरि
Advertisement

नेपालगन्ज, ५ जेठ । अन्तर्राष्ट्रिय कानुनअनसार दुई मुलुकको सीमा क्षेत्र दसगजादेखि आठ किलोमिटरभित्र कुनै पनि भौतिक संरचना निर्माण गर्न पाइँदैन ।
तर, बाँकेको पूर्वी क्षेत्र सुइया बघौडामा अन्तर्राष्ट्रिय कानुन विपरीत लक्ष्मणपुरमा राप्ती नदीमाथि पक्की बाँध निर्माण गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
बाँधसँगै भारतले दसगजादेखि तीन सयदेखि पाँच सय मिटरको दुरीमा कलकलवा मार्जिनल तटबन्ध पनि निर्माण गरेको छ ।
भारतले सन् १९८० मा बाँध निर्माण कार्य सुरु गरेर सन् १९८५ मा सम्पन्न गरेको थियो । मार्जिनल तटबन्ध भने सन् २००० मा निर्माण सम्पन्न गरेको हो ।8
साढे २२ किलोमिटर लम्बाइ, पाँच मिटर चौडाइ र पाँच मिटर उचाइ भएको कलकलवा तटबन्धका कारण हजारौँ सर्वसाधारण डुबानमा पर्दै आएका छन् ।
भारतले लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाउनुअघि नेपालका कुनै पनि भू–भाग डुबान, कटान र पटान नभएको लक्ष्मणपुर बाँधपीडित संघर्ष समितिका अध्यक्ष एवं स्थानीय बासिन्दा जगदीशबहादुर सिंहले बताए ।
उनले उक्त समस्याबाट हालसम्म ४० हजार बिघाभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भएको बताए । बाँधका कारण ६० हजार जनसंख्या प्रत्यक्ष प्रभावित भएका छन् ।
बाँध र मार्जिनल तटबन्धले नदीको बहाब रोकेका कारण सबैभन्दा बढी होलिया गाविसका सर्वसाधारण विस्थापित भएका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिका अनुसार होलियका ८० प्रतिशत बासिन्दा विस्थापित भएका छन् ।
त्यस्तै बेतहनीका ४० प्रतिशत, वनकट्टीका २०, गंगापुरका ५०, मटेहियाका ४० र फत्तेपुरका ३० प्रतिशत परिवार विस्थापित भएका छन् ।
लक्ष्मणपुर ब्यारेजमा १४ वटा ढोका छन् । ठूलो बाढी आउँदा आफ्नो देशका भू–भाग डुब्ने भएकाले भारतले ब्यारेजको ढोका बन्द गरिदिने गरेको छ ।
नेपालीले ढोका खोल्न आग्रह गर्दासमेत आनाकानी गर्ने गरेको एमाले बाँकेका सचिव रत्न खत्रीले बताए । ‘आफ्नो देशका जनता असुरक्षित हुने देख्यो भने हारगुहार गर्दासमेत भारतले ढोका खोल्दैन,’ उनले भने, समयमा ढोका नखोलेका कारण नेपाली भूमी डुबानमा पर्ने गरेको छ ।’
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.