काठमाडौं, ५ जेठ । ईपीएस कोरिया शाखाका अनुसार सन् २०१६को मे १७ सम्म कोरिया जान योग्य सूचीमा रहेका मध्ये ५ हजार १६१ नेपाली कामदारको श्रम सम्झौता प्राप्त भएको हो ।
वर्षमा ५ हजार ८ देखि ६ हजारसम्म नेपाली कामदार जान्छन्, तर यो वर्षको ५ महिना नपुग्दै ठूलो संख्यामा कामदारको श्रम सम्झौता भएको छ ।
इपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले छोटो समयमै नेपाली कामदारलाई बढी श्रम सम्झौता दिनु भनेको कारियाले बढी प्राथमिकतामा राखेको बुझिएको जनाए ।
उनले नेपालको निरन्तर पहलका करण यो सम्भव भएको बताए । कारोबार दैनिकले समाचार छापेको छ ।
सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि कोरियाले नेपाली कामदार लिन सुरु गरेको हो ।
हालसम्म दक्षिण कोरियामा ईपीएसमार्फत ४० हजार नेपाली कामदार पुगिसकेका छन् ।
dainiknepal



0 comments
प्रतिक्रिया दिनुहोस्...