-->
मोदीको सर्टिफिकेट देखाएको एक घन्टा नवित्दै ‘नक्कली’ भएको दावी
Advertisement

नयाँ दिल्ली : भारतीय जनता पार्टीका अध्यक्ष अमित साहले प्रधानमन्त्री नरेन्द्र मोदीको बीए र एमएका सर्टिफिकेट सार्वजनिक गरेको एक घन्टा नबित्दै आम आद्मी पार्टीले ‘सर्टिफिकेट नक्कली’ भएको दावी गरेको छ।

आम आदमी पार्टीका नेता आशुतोषले भने, ‘अमित साह भगवान होइनन्। उनले कुनै प्रमाणपत्र प्रेस कन्फरेन्समा देखाउँदै त्यो वास्तविक हुँदैन।’

modi-certificate

भाजपा प्रमुख साह र वित्त मन्त्री अरुण जेटलीले संयुक्त रुपमा मोदीका सर्टिफिकेट सार्वजनिक गरेका थिए। साथै उनीहरुले आम आद्मी पार्टीका प्रमुख अरविन्द केजरिवालले माफी माग्नुपर्ने बताएका थिए।

आम आद्मी पार्टीका आशुतोषले अरु दुई प्रति ड्रिग्रीका सर्टिफिकेट देखाउँदै मोदीको नाम फरक फरक रहेको जनाए।

‘अमित साह, अरुण जेटलीले प्रयास गरे पनि उनीहरु रंगेहात पक्राउ परेका छन्। उनीहरुले सर्टिफिकेट सक्कली रहेको प्रमाणित गरेर देखाउनुपर्छ,’ उनले भने।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.