साहले संस्थानको प्राविधिक अधिकृत हुँदादेखि प्रबन्धक रहँदासम्म एक करोड ४४ लाख ९७ हजार एक सय ३४ रुपैयाँ आम्दानी गरेको देखिएको छ ।
तर, अनुसन्धानका क्रममा उनीसँग तीन करोड ८३ लाख ६५ हजार एक सय ६४ रुपैयाँ ७१ सम्पत्ति देखिएको अख्तियारको निचोड छ ।
साहले दुग्ध विकास संस्थानमा रहँदा दुई करोड ३८ लाख ६८ हजार ३० रुपैयाँ गैह्रकानुनी र अवैधरुपमा कमाएको पाइएकाले भ्रष्टाचार निवारण एेन वमोजिम मुद्दा चलाइएको अख्तियारको भनाइ छ ।
साह र उनकी पत्नी सुशीला कुमारी साहको नाममा स्रोत नखुलेको करोडौं चल अचल सम्पत्ति देखिएकोले निजहरुलाई बिगो जफत गर्ने प्रयोजनार्थ प्रतिवादी कायम गरी सोमबार विशेष अदालतमा आरोपत्र दायर गरिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारले संस्थानको राष्ट्रसेवक पदमा वहाल रहँदा आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी गैर कानूनीरुपमा सम्पत्ति आर्जन गरी पदीय हैसियत अमिल्दो उच्च जीवनस्तर कायम गरेको भन्ने उजुरीबारे अनुसन्धान गरिएको जनाएको छ ।
साहविरुद्ध भ्रष्टाचार गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले भ्रष्टचार निवारण ऐन २०५९ को दफा २० को उपदफा १० बमोजिम मुद्दा चलाइएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
अख्तियारका प्रवक्ता कृष्णहरी पुष्करले विशष अदालतमा मुद्दा दायर भएपछि साह पदबाट निलविम्बत भएको बताए । अदुअआलाई प्राप्त जानकारी अनुसार साह सोमबार बिहान कार्यालयमा हाजिर हुन गएका थिए ।



0 comments
प्रतिक्रिया दिनुहोस्...