-->
तेलको पैसाबाट ९० करोड बोनस खाँदै कर्मचारी
Advertisement

काठमाडौं, ७ जेठ । नेपाल आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने भएका छन् ।
निगमले सबै ऋण चुक्ता गरेसँगै गत आर्थिक वर्षमा बोनसका लागि भनेर छुट्टाइएको यो रकम कर्मचारीलाई वितरण गर्न बाटो खुला भएको हो । कारोबार दैनिकले समाचार छापेको छ ।7
बोनस ऐन २०३३ बमोजिम नाफाको १० प्रतिशत रकम कर्मचारीको बोनसका लागि छुट्टानु पर्छ । गत आार्थिक वर्षमा निगमलेको वासलातमा बोनस शीर्षकमा ९० करोड छुट्टाएको हो ।
निगम सञ्चालक समितिले ०६६ मा ऋण चुक्त गरेपछि बोनस बाँड्न पाइने निर्णय गरेको थियो । अहिलेको आधारमा नाफा हुँदै गए ९० दिनपछि निगमले सबै ऋण चुक्ता गरिसक्नेछ ।
निगमको १५ दिनको नाफा ४० देखि ६० करोडसम्म हुन्छ ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.