माओवादी एकताको घोषणा हुँदा यस्तो विजोग !
काठमाडौं– एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ नामसहितको एकीकृत पार्टीको घोषणा गरिएको छ ।
राजधानीको बबरमहलस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रमकाबीच नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापाले ‘नेकपा माओवादी केन्द्र’ नामको एकीकृत पार्टीको घोषणा गर्दा कार्यक्रम हल नेता कार्यकर्ताले खचाखच मात्रै भएन हल बाहिर समेत भीडभाड थियो ।
नेता कार्यकर्ता र शुभेच्छुकको भीडभाड बाहिर समेत एकाएक पानी पर्दा समस्याउ त्पन्न भएको थियो । पानीबाट जोगिन कोहि कोहि छाता ओढ्दै थिए भने कोहि कर्सीनै ओड्दै थिए ।
सहभागिहरुले एकीकरण अभियानलाई व्यवस्थित बनाउन नसकेको भन्दै गुनासो समेत व्यक्त गरे ।



0 comments
प्रतिक्रिया दिनुहोस्...