कोलकाता– बलिउड बादशाह अमिताभ बच्चन शुद्ध शाकाहारी हुन्। तर केही दिन अगाडि अमिताभ बोलकाताको माछा पसलमा छाला किन्दै गर्दा देखिए। रियल लाइफमा शाकाहारी अभिताभले अब रिल लाइफमा मांशकारी हुनुपर्ने हो?
हजुर, हामीले कुरा गर्न खोजेको फिल्म 'तीन' को । जसको शुटिङ कोलकातामा जारी छ । निर्माणाधीन फिल्ममा अभिताभको मुख्य भूमिका रहेको भारतीय संचारमाध्यमले जनाएका छन्। सो फिल्मको शुटिङको क्रममा माछा पसलमामा खिचिएका अभिताभका केही तस्बिर यतिबेला समाजिक संचालमा भाइरल भएका छन्। बिग बीको फ्यान क्लबको तर्फबाट जारी गरिएका तस्बिरमा रियल लाइफमा शुद्ध शाकाहारी अमिताभ हातमा माछा बोकेर पसलेसँग मोलमोलाइ गर्दै गरेको देखिएका छन्।
अभिताभ कोलकाताका सडकमा स्कुटर चलाउँदै गरेको थिएका छन्। तर यो पहिलो पटक भने होइन । उनी यसअघि पनि कोलकाताका कतिपय इलाकामा यही स्वरुपमा सुटिङ गर्दै देखिएका थिए। केही दिन अगाडि मात्र उनले सडकमा नवाजुद्दिन सिद्दीकीलाई स्कुटरपछि राखेर घुमाएका थिए। फिल्म 'तीन' मा अभिताभले बंगाली बाबुको भूमिका निभाएका छन्। सबैभन्दा मुख्य कुरा अमिताभले जीवनमा पहिलो पटक स्क्रिप्ट नपढीकनै फिल्ममा साइन गरेका थिए। फिल्ममा अभिताभबाहेक नवाजुद्दिन सिद्दिकी र विद्याले मुख्य भूमिका निर्वाह गरेका छन्।



0 comments
प्रतिक्रिया दिनुहोस्...