अधिकांशले विमानमा हुँदा मोबाइल अफ गरेन भने विमान दुर्घटना हुन्छ भन्ने सोँच्छन्- हुन त यो सत्य होइन, तर वास्तविक कारण यो भन्दा महत्वपूर्ण छ।
विमान यात्रा गर्दा त्यहाँका परिचारिकाहरूले हामी सबैको फोन Airplane Mode मा राख्न अथवा स्वीच अफ गर्न सुझाव दिन्छन्- तर कसैलाई थाहा छ, किन?airplane-mode
कतै सुन्नुभएको होला कि मोबाइलको सिग्नलले विमानका विद्युतीय सामानहरूलाई बाधा पुर्याउँछ र विमान दुर्घटना हुन्छ, त्यसैले विमानमा हुँदा मोबाइल स्वीच अफ गर्नुपर्छ।
तथापी, पाइलटहरूको ब्लग ‘एयरलाइन्सअपडेट.कम’का अनुसार, मोबाइलले विमानका विद्युतीय सामानलाई बाधा पुर्याउँछ- तर हामीले सोँचेको जसरी भने होइन!
त्यसले वास्तवमा विमानको रेडियो सिग्नललाई हस्तक्षेप गर्दछ, जुन पाइलटहरूले हेडफोनमा सुनिरहेका हुन्छन्। जब मोबाइललाई कुनै स्पीकर अथवा रेडियोको छेउमा लैजाँदा जुन आवाज आउँछ, त्यस्तै आवाज (हल्ला) मोबाइलको सिग्नलको कारण पाइलटको हेडफोनमा बज्दछ।iPhone’s Airplane Mode
एक पाइलटले ब्लगमा लेखेका छन्- “हुन त यो असुरक्षित हुँदैन, तर झिझारलाग्दो भने पक्कै हुन्छ।”
यदि, मानौँ, विमानमा ५० जना यात्रुहरू सवार छन् र उनीहरू सबैले आफ्नो मोबाइल अफ गर्न अल्छी गरे। तब त्यहाँ ५० वटा मोबाइलले निरन्तर मोबाइल टावरको खोजी गरिरहेको हुन्छ, जसको कारण पाइलटको रेडियो सिग्नलमा धेरैभन्दा धेरै रेडियो प्रदूषण पैदा हुन्छ।
हरेकको स्मार्टफोनमा हुने Airplane Mode अथवा Flight Mode सुविधाले मोबाइललाई खुल्लै राख्छ तर त्यसबाट बाहिर निस्कने सबै सिग्नललाई बन्द गरिदिन्छ र विमानको रेडियो सिग्नल सिस्टमलाई कुनै बाधा पुर्याउँदैन।
त्यसैले अब विमानमा चढ्दा मोबाइल अफ गर्न झ्याउ लाग्यो भने सोँच्नुहोस् कि, तपाईँ चढेको विमानको पाइलटलाई डिस्टर्ब भैरहेको छ। अनि यदि पाइलटलाई नै डिस्टर्ब हुन्छ भने उसले कसरी ध्यानपूर्वक विमान उडाउन सक्छ? तसर्थ, आफ्नो सुरक्षाको लागि मात्रै होइन, विमानमा सवार सबै यात्रुहरूको सुरक्षालाई ध्यानमा राखेर आफ्नो मोबाइल अफ गर्नु विमान यात्रुहरूको दायित्व हुन आउँछ।nepaliheadlines



0 comments
प्रतिक्रिया दिनुहोस्...