-->
२ इन्चको भ्यागुतो, संसारकै विषालु मध्ये एक
Advertisement

पहेलो रंगको विषालू भ्यागूतो निकै अविश्वसनीय प्राणी हो । केवल २ इन्चको यो भ्यागूतो संसारकै विषालु प्राणीमध्ये एक मानिन्छ । यसले केवल ३ मिनेटको अन्तरमा १० जना मानिस मार्न सक्छ । यो प्राणीको नामाकरण कोलम्बियाका शिकारीहरुले गरिदिएका हुन् ।
चम्किलो एल्लो फ्रगस् कोलम्बियाको प्यासिफिक कोस्टस्थित वर्षावनमा मात्रै भेटिन्छ । यसको रंग कहिलेकाँही पहेलोँ, सुन्तला र हरियो समेत हुनसक्छ । यो हेर्दा निकै छरितो देखिने यो भ्यागुतो सन् २००१ को अध्ययनअनुसार सधैँ विषालु हुन्छ ।
यसले छर्ने विषले मानिसलाई मृत्युको मुखसम्म पुर्याउन सक्छ । तर यसले सधैँ विष छर्छ भन्ने चाँही छैन । आफूलाई खतरा महसूस भएएएपछि मात्रै ये यसले विष छर्छ । यसको विषले चाडैँ असर गर्छ । यसको विष लागेको एक मिनेटभित्रै पिडितको पाखुराले नियन्त्रण गुमाउँछ र अन्त्यमा हृदयघात हुन्छ । वैज्ञानिकहरुले यसको विष यति धेरै विशालु किन हुन्छ भन्ने सम्बन्धमा खास कारण पत्ता लगाएका छैनन् ।
आजभन्दा ४० देखि ४५ मिलियन वर्षअघि उत्तर तथा दक्षिण अमेरिकामा पाइने यो प्रजातीका पुर्खाहरु भने विषालू नरहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । यो भ्यागूता आफैँमा विषालू नभएर यसले विषालु रुख विरुवारु खाने गरेका कारण त्यसबाट यसबाट यसको शरिरमा विष सरेको हुनसक्ने आशंका पनि छ ।
अहिले यो भ्यागूतो लोपन्मुख वन्यजन्तुमध्ये एक हो । यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ संस्थाहरु लागेका छन् । प्रदूषण बढ्न थालेपछि यो भ्यागूतो संकटमा परेको हो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.