१ बैशाख, एजेन्सी ।
भारत प्रशासित जिम्मु कश्मिरको राजधानी श्रीनगरबाट केही दुरीमा पर्ने हन्दवारा शहरमा प्रदर्शनकारीमाथि भारतीय सेनाले गोली चलाएको छ । गोली लागेर क्रिकेटरको समेत ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मंगलबार भएको उक्त घटनामा मारिने मध्ये १ चर्चित उदायीमान क्रिकेट रहेको समाचारमा उल्लेख छ ।
कश्मिरमा मुख्यमन्त्री महबुबा मुफ्तीले युवकको हत्यामा संलग्न सेनालाई कारवाही गर्ने बताएका छन् । सेनाले पनि यो घटनाबारे जाँच गर्न आदेश दिएको छ ।
मुटुमा समस्या आएपछि इङ्ल्याण्डका जेम्स टेलरले क्रिकेटबाट विदा लिए
क्रिकेट खेलेले सुधार्यो क्रिकेटरको सम्बन्ध, विराट र अनुष्काको विवाहको चर्चा
सेनाका जवानले कलेजकी युवती जिस्काएको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरुको भिडमा सेनाले गोली चलाएको थियो । मारिनेमा उदायीमान क्रिकेटर पनि परेको बताइएको छ ।
विपक्षी पार्टीहरुले घटनाबारे छानविन गरी कारवाहीको माग गरेका छन् ।- Nepaliheadlines.com



0 comments
प्रतिक्रिया दिनुहोस्...