-->
नामिबियासँगको खेलको टिकटमा विद्यार्थीलाई ५० % छुट, टियु कीर्तिपुरकै विद्यार्थी हुनुपर्ने
Advertisement

बैशाख ०१
काठमाडौँ । आगामी शनिबार र सोमबार नेपाल र नामिबियाबीचको खेल टिकटमा विद्यार्थीले ५० प्रतिशत छुट पाउने भएका छ्न। तर त्यसका लागि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नै अध्ययनरत विद्यार्थी हुनुपर्नेछ।
छुटको टिकट लिन विद्यार्थीहरुले बुधबार बेलुका ५ बजेसम्म कीर्तिपुरस्थित क्रिकेट खेल मैदानमा आफ्नो विद्यार्थी परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले बताए।
विद्यार्थी छुट टिकट बुधवारपछि नपाइने भएकाले तोकिएकै समयमा टिकट लिन इसेवाले आग्रह गरेको छ। केन्द्रीय क्याम्पस बाहेक अन्य विद्यार्थी र व्यक्तिहरुले भने इसेवामार्फत् टिकट काट्नुपर्नेछ।
सय रूपैयाँ मूल्य तोकिएको टिकट इसेवा एकाउण्ट भएका ग्राहकले सिधै इसेवा
https://cricket.esewa.com.np मार्फत् अनलाइन टिकट खरिद गर्न सक्नेछन्।
इसेवा एकाउण्ट नभएका व्यक्तिहरूले नजिकैको साइबर, स्टेसनरी, कम्युनिकेशन. इसेवा जोन, इसेवा पोइन्टमा गई अनलाइन टिकट खरिद गर्न सकिनेछ।
उपत्यकामा मात्र इसेवाका करिब ५ हजार जोन, पोइन्ट रहेका छन् भने नेपालभर १७ हजार भन्दा धेरै जोन पोइन्ट रहेका छन्।
आइसीसीको आग्रह अनुसार टिकट विक्री खेल हुने एकदिन अगाबै रोकिने र मैदानमा टिकट नबेचीने सिइओ अलीको भनाइ छ।
कीर्तिपुर खेल मैदानको क्षमता सीमित भएकोले शुक्रबार अगाबै पनि टिकट बिक्री रोकिन सक्ने भएकाले टिकट सकेसम्म छिटो टिकट लिन पनि इसेवाको आग्रह छ।- bizmandu.com


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.