-->
भारतले दियो तेस्रो ठूलो नागरिक सम्मान उदित नारायण झालाई
Advertisement

पद्म भूषण भारतको सरकारले दिने तेस्रो ठूलो नागरिक सम्मान हो। गायक उदित नारायण झालाई भारत सरकारले पद्म भूषणले सम्मान गरेको छ। उदितसँगै भारतिय टेनिस खेलाडी सानिया मिर्जालाई भारतका राष्ट्रपति प्रणव मूखर्जीले सो अवार्ड प्रदान गरेका हुन्।
गीत संगीतको दुनियाँमा अतुलनिय योगदान पुर्याएकोमा भारत सरकारले उक्त सम्मान उदितलाई प्रदान गरेको हो। राष्ट्रपति भवनमा उदितसँगै अभिनेता रजनीकान्तलाई दोस्रो ठूलो सम्मान पद्म भूषण दिइएको थियो भने अभिनेत्री प्रियंका चोपडालाई पद्मश्रीले सम्मानित गरिएको थियो।
पुरस्कार समारोहमा उदितले कालो रंगको सुट लगाएका थिए भने पुरस्कार पाएपछि राष्ट्रपतिको खुट्टा छोएको भारतिय मिडियाले जनाएका छन्।- News24Nepal.com


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.