रामको आदेशअनुसार सीतालाई गंगा पार गराएर जंगलमा छाडिदिएपछि सीता भन्छिन्, ‘मेरो जन्म दु':ख भोग्नका लागि मात्र भएको रहेछ।' लक्ष्मणको साथ लागेर गंगा पार गर्दासम्म सीतालाई रामले त्यागेको कुरा थाहा थिएन।
सीतालाई सहनशील, सुन्दर, सुशील, पतिव्रतालगायतका गु'णहरूको प्रतिमूर्तिका रूपमा स्थापित गर्न रामायणका काव्यकारले कुनै कसर बाँकी राखेका छैनन्। रामको गौरव कायम राख्न सीताले बेहोरेको कष्ट, दु:ख र अपमानको शृंखला कारुणिक छ।
सीताको जन्म
रामायणकारले सीतालाई अयोनिजा अर्थात् स्त्री गर्भबाट उत्पत्ति नभएकी नारीको रूपमा प्रस्तु'त गरेका छन् । राजा जनकले हलो जोत्दा हलोको फाली अर्थात् सीताले उधिनेर जमिनबाट बाहिर निकालिएकी भएर सीता नाम राखिएको बताइन्छ।
रामकथाको भेदअनु'सार सीताजन्मको कथामा पनि भेद पाइन्छ। वाल्मीकि रामायणकै मु'ख्य घटनाहरूलाई विभिन्न कोणबाट वर्णन गरेर र केही थपघटसहित कथालाई पु'नर्कथन गरिएका बु'झिन्छन् ती भेदहरू।
सीता विवाह
सीताको विवाह बालकै अवस्थामा भएको थियो। यु'द्धकाण्ड (३२:२०) मा सीताले आफ्नो विवाह केटाकेटी अवस्थामा नै भएको उल्लेख गर्दै विलाप गरेकी छन्। यसअघि दण्डकवनमा भेषधारी रावणलाई आफ्नो परिचय दिँदै सीताले विवाहपछि बाह्र वर्षसम्म अयोध्यामा रहेको र वनगमन गर्दा आफू अठार वर्षकी रहेको कु'रा बताएकी थिइन् (अरण्यकाण्ड ४६:४)।
सु'न्दरकाण्ड (३३:१७) मा पनि विवाहपछि बाह्र वर्षसम्म आफूहरूले अयोध्यामा दिव्य भोग गरेको उल्लेख गरेकी छन् । यस अर्थमा सीताको विवाह ६ वर्षकै उमेरमा भएको बु'झिन्छ । रामको उमेर त्यो बेला १५ वर्षको थियो।
सीताको वनगमन
कैकेयीले रामका लागि मात्र १४ वर्षे वनबासको माग राखेकी थिइन्। तर सीता पनि किन वनमा गइन् भन्ने प्रश्नको उत्तर रामायणमा सहजै भेटिँदैन । पतिव्रता स्त्री पतिको सु'खदु':खमा साथ दिन्छे भन्ने सामान्य तर्क काव्यकारले गरेका देखिन्छन्।
सीतासँगै लक्ष्मणले पनि सीताकी बहिनी उर्मिलासँग विवाह गरेका थिए। लक्ष्मण वनमा जाँदा उर्मिलाको पतिव्रता धर्म खण्डित भएन ? त्यस्तै राम वनबास रहु'न्जेल भरत अयोध्यानगर बाहिर नन्दिग्राममा वनबासी भेषमा रहेका थिए। तर, भरतलाई साथ दिन भरतपत्नी माण्डवी साथमा थिइनन्।
अझ विवाहलगत्तै भरत र शत्रु'घ्नम भरतको मावली केकय गएका थिए र त्यहाँ लामो समयसम्म रहेका थिए। त्यहाँ पनि माण्डवी र श्रु'तकीर्तिको साथ भएको उल्लेख छैन । दण्डकवनमा सु'र्पणखालाई रामले आफू विवाहित भएकोले विवाह गर्नको लागि लक्ष्मण उपयु'क्त हु'ने सल्लाह दिएको प्रसंग अर्थपूर्ण छ।
पतिव्रताको कर्तव्यको तर्क सीताको हकमा मात्र किन लागू हु'न्छ ? यसको उत्तर सहज देखिँदैन। वनबासअघि सीताले परपु'रुषको चाहना राख्ने स्त्रीमात्र पतिबाट पर भएर बस्छे र आफू त्यस्ती स्त्री नभएकी स्पष्टीकरण दिएकी थिइन् (अयोध्याकाण्ड, ३०:७-८)।
यो प्रसंगमा उल्लेखनीय के छ भने रामले सीतालाई भरतसँग बस्न अनु'रोध गरेका छन्। तर सीताले ‘शत्रु''को अधीनमा आफू नबस्ने भनेर क्षोभ प्रकट गरेकी छन् । भरतको अनु'कूल भएर बस्न उपदेश दिएका रामले सीतालाई भरतसँग कु'न रूपमा बस्न आग्रह गरेका हुन् स्पष्ट छैन।
स्त्री अरक्षीता रहनु' हुँदैन भन्ने आग्रह त्यो बेला व्याप्त थियो। रामलाई वनबासबाट फर्केर आउने, नआउने टुंगो पनि थिएन। पहिलो कुरा त राम वनमा जानुपर्ने कारण भरतको राज्य अकण्टक बनाउनलाई थियो।
दोस्रो, तर काव्यमा खु'लेर नबताइएको, कारणचाहिँ राम वनमा रावणाआदि राक्षससँग युद्ध गर्नकै लागि गएको बुझिन्छ। अरण्यकाण्ड (२९:१०) मा पापकर्ममा लागेका राक्षसलाई प्राणदण्ड दिनका लागि दशरथले रामलाई दण्डकवनमा पठाएको कुरा उल्लेख गरिएको छ।
यसअघि रामको पुर्खा अयोध्यानरेश अनरण्यलाई रावणले वध गरेको थियो । विश्वामित्र आ श्रममा रावणपालित राक्षसहरूले दु':ख दिएकाले तिनको वध गर्न विश्वामित्रले रामलक्ष्मणलाई लगेका थिए।
अयोध्याको रावणसँग दु'स्मनी थियो र दशरथ रावणसँग बदला लिने यथोचित मौकाको पर्खाइमा थिए भन्ने पु'ष्टि हु'न्छ। रामले आफ्नो मु'द्रिका स्वरूप औंठी पनि बोकेका थिए, जु'न हनु'मानलाई सीतासमक्ष आफ्नो दूत प्रमाणित गर्ने प्रयोजनका लागि पठाएका थिए।
राजाधिराजहरूले मु'द्रिका बोक्नु'को औचित्य राजनीतिक नै देखिन्छ। यु'द्धको परिणाम जे पनि हु'न सक्थ्यो, जति समय पनि लाग्न सक्थ्यो। यस अर्थमा सीताको भविष्य अज्ञात नहोस् भन्ने रामको चाहना हुनसक्छ।
दशरथ पत्नीहरूको सौतेनी सम्बन्ध कटु'तापूर्ण रहेको प्रशस्त चर्चा छ काव्यमा। राम, सीता र लक्ष्मण वनबासको हरेक अप्ठेरो स्थितिमा कैकेयीलाई सम्झन्छन् र आफूहरूले पाएको दु':खले कैकेयीलाई आनन्द पुर्याएको होला भनेर आलोचना गरिरहन्छन्। भरतप्रति पनि उनीहरूको विश्वास थिएन।
चित्रकु'टमा रहेका रामलाई सेनासहित भेट गर्न गएका भरतप्रति शंका व्यक्त गर्दै लक्ष्मणले वाण उठाएका थिए। पञ्चवटीमा सु'नौलो मृग लखेट्दै गएको रामको आर्तनाद सु'नेर पनि सहयोग गर्न नगएको लक्ष्मणप्रति कटाक्ष गर्दै सीता कतै लक्ष्मण पनि शत्रु' भरतकै पक्ष भएको त होइन भनेर प्रश्न गर्छिन्।
लंकाबाट फर्कंदा पनि राम सोझै अयोध्या जाँदैनन्। भरद्वाजको आ श्रममा बसेर हनु'मानलाई भरतको मनशाय बुझ्न पठाउँछन्।रामको वनबास सही अर्थमा ब्रह्मचर्यपूर्ण वनबास थिएन भन्ने तर्क गर्नसक्ने ठाउँ छन्। लंकाको अशोकवाटिकामा हनु'मानसमक्ष सीताले राम र आफूबीचको केही अन्तरंग क्रीडाका क्षणहरूको वर्णन गरेकी छन्।
रामका अनुसार सीताको नजिकमा कुनै पनि पुरुष आफ्नो काम नियन्त्रण गर्न सक्दैन। सीताजस्ती रूप राशिकी स्त्रीलाई अन्तपुरमा राखेर रावणले धैर्य गर्यो होला भन्ने रामलाई विश्वास थिएन।
हनुमानले सीतालाई भेटेको हो भनेर प्रमाणित गर्ने त्यस्ता प्रेमालापका क्षणहरू ब्रह्मचारी जीवनशैलीबाट भिन्न देखिन्छन्। सीताहरणपछिको रामको विलाप पनि उल्लेखनीय छ। रामले सीताका अधर, वक्षस्थल र जाँघको पटकपटक चर्चा गरेका छन्। किष्किन्धामा सु'ग्रीवसँग भेट हुनुअघि पम्पासरोबरमा रामको विह्वलता कामपीडित पु'रुषको पीडाको रूपमा देखिन्छ।
पम्पासरोबरको मनोहर वातावरणले आफूलाई कामपीडित तु'ल्याएको र यो अवस्थामा सीताको अनु'पस्थिति आफूलाई असह्य भएको कु'रा लक्ष्मणसँग व्यक्त गरेका छन् रामले। रामका अनु'सार सीताको नजिकमा कु'नै पनि पु'रुष आफ्नो काम नियन्त्रण गर्न सक्दैन। सीताजस्ती रूपराशिकी स्त्रीलाई अन्तपुरमा राखेर रावणले धैर्य गर्यो होला भन्ने रामलाई विश्वास थिएन (यु'द्धकाण्ड, ११५:२४)।
सीताहरण
रामायणको कथालाई मोड दिने दु'ई घटना छन् । यु'वराज्याभिषेक गरेर राज्य जिम्मा लिन ठिक परेका रामलाई वनवास पठाइएपछि कथाले एउटा मोड लियो। दोस्रो, चौध वर्षको वनबास सक्किन दु'ई वर्षमात्र बाँकी रहँदा दण्डकवनको पञ्चवटीबाट रावणले सीतालाई हरण गरेर लंका पुर्र्यायो।
सीताहरणको कारण रामको वानरराज सु'ग्रीवसँग मित्रता भयो र लंकायु'द्ध भयो। यी दु'वै घटनाका निमित्त कारक भने स्त्रीहरू बनेका छन् । सु'सारे मन्थराको मन्त्रणाबाट प्रेरित कैकेयीले दशरथलाई वशमा लिएर रामलाई वनबासको आदेश दिलाएकी थिइन्। दण्डकारण्यमा रावणकी बहिनी सु'र्पणखाको प्रेरणाले रावणले सीतालाई हरण गरेको थियो।
दण्डकारण्य रावणशासित जनस्थानअन्तर्गतकै भूमि थियो। त्यहाँ रावणको भाइ खर सेनापति दु'षणसहित १४ हजार सेना लिएर बसेको थियो। सु'र्पणखा पनि खरसँगै थिई। रावणले सु'र्पणखाको पति विद्यु'ज्जिह्वको हत्या गरिदिएपछि सु'र्पणखा खरसँगै जनस्थानमा थिई। सु'र्पणखाको समागमको आग्रहलाई राम, लक्ष्मण दु'वैले अस्वीकार गरे।
सु'र्पणखाले अमर्यादित व्यवहार देखाएकाले लक्ष्मणले उसको नाक-कान काटिदिए। खर, दु'षणलगायतको राक्षससेनालाई रामले सखाप पारिदिए। सीतालाई हरण गरेर रामसँग प्रतिशोध लिइदिन सु'र्पणखाले रावणलाई उक्साई।
राम र लक्ष्मणलाई कु'टीबाट धेरै पर पुर्याउने चाँजो मिलाएर रावण ब्राह्मण भेषमा सीतासमक्ष पु'गेको थियो। कु'रा गर्ने क्रममा आफ्नो परिचय दिँदै रावणले सीतालाई आफूलाई वरण गरेर त्रिलोकको ऐश्वर्य भोग गर्न प्रलोभन दियो।
सीताले कसै गरी नमानेपछि रावणले सीतालाई हरण गर्ने उद्देश्यले कपालमा समातेर तान्यो। यहाँ स्मरणीय के छ भने द्रौपदीलाई दु'स्शासनले पनि कपालमै समातेर घिसारेको थियो । सीतालाई लिएर रावण वायु'मार्गबाट जाँदै गर्दा सीताको केश खु'ल्ला थियो (अरण्यकाण्ड ५२:४३)।
जटायु'को दाजु' सम्पातिको छोरा सु'पार्शवले रावणले बोकेर लैजाँदै गरेको सीताको केश खु'ल्लै देखेको थियो (किष्किन्धाकाण्ड ५९:२०)। तर पछि हनु'मानले सीतालाई अशोकवाटिकामा देख्दा सीताको एकवेणीयु'क्त केश कम्मरभन्दा तल पु'गेको थियो (सु'न्दरकाण्ड १५:२५)।
हनु'मानले अंगदादि वानरहरूलाई र ऋष्यमूक पर्वतमा आएर रामलाई सीताको बारेमा बताउँदा पनि सीता एकवेणीयु'क्त थिइन् भनेर उल्लेख गरेका छन् । एकवेणीयु'क्त केशलाई शोक र विरहको संकेत मानिन्छ। अन्यथा सु'खमा, आनन्दमा त्रिवेणी वा पञ्चवेणीयु'क्त केशसज्जा शास्त्रसम्मत छ।
रावणले सीतालाई आफूमा आशक्त हु'न सम्झाउँदा वा धम्क्याउँदा पनि सीताको एकवेणीयु'क्त केशको उल्लेख गरेको बताइएको छ (किष्किन्धाकाण्ड २०:८, सु'न्दरकाण्ड १९:१९)। राक्षसी सरमाले सीताको जटारूपको एकवेणीयु'क्त केश रामले खोल्ने आश्वासन दिएकी थिई (यु'द्धकाण्ड ३३:३४)।
साथै अशोकवनमा रहँदा सीता एकवस्त्रा थिइन् (सु'न्दरकाण्ड १५:२१, ५८:५७, ५९:२५)। द्रौपदीको एकवस्त्रा स्थिति यहाँ तु'लनीय छ। सीताको यो पहेँलो वस्त्र धूलोमैलोयु'क्त थियो र सीता स्नानादि कर्मबाट अलग रहेकीले शरीरमा मयल र फोहोर जम्मा भएको थियो। अधोवस्त्र मात्र लगाएकीले रावण आउँदा सीताले आफ्ना स्तन र पेट तिघ्रामा सटाएर छोपेकी थिइन्।
रावणको अन्तपु'रस्थित अशोकवाटिकामा रहँदाको सीताको वर्णन कारुणिक छ। सीता निरन्तर आँसु' बगाइरहन्छिन् र रामलाई सम्झिरहन्छिन्। बेलाबेला रावण आउँछ। धम्क्याउँछ, फकाउँछ । राम र लक्ष्मण मारिएको भनेर उनीहरूका नक्कली टाउको सीतासमक्ष प्रस्तु'त गरिन्छ।
रावणपूत्र मेघनादबाट नागपाशमा बेरिएका र शरीरभरि वाणैवाण लागेर लम्पसार परेका रामलक्ष्मणलाई हेर्न सीतालाई जबरजस्ती यु'द्धभूमिमा ल्याइन्छ। अशोकवनमा घेरेर बसेका विविध रूपधारी राक्षसीहरूले सीतालाई रावणसमक्ष आत्मसमर्पण गर्न दबाब दिइरहन्छन्।
रामद्वारा सीताको त्याग
यु'द्धमा रावणको मृत्यु'पछि भने सीतालाई भेट्ने कु'नै उद्वेग राममा रहँदैन। सीता यथाअवस्थामै रामलाई भेट्न चाहन्छिन् तर राम विभिषणलाई शृंगारसहित उपस्थित गराउन निर्देशन दिन्छन्। रामायणमा वर्णित समयमा स्त्रीहरू पर्दामा रहन्थे। तर रामले सीतालाई बेपर्दा नै भेट्न खोजे।
पतिको स्नेहको कामना गर्दै गरेकी सीताको अन्यमनस्क अवस्थालाई अझ मर्माहत पार्दै रामले त्यागै गरेको घोषणा गर्छन् समस्त राक्षस र वानरहरूको समक्ष । लांयु'द्ध र रावणादि वध पनि सीतालाई प्राप्त गर्न नभएर आफू र आफ्नो कूल रघु'वंशमा लागेको कलंकलाई मेट्न मात्र भएको बताएर सीतालाई क्षु'ब्ध बनाउँछन् राम।
- अन्नपूर्ण पोस्ट्

0 comments
प्रतिक्रिया दिनुहोस्...