-->
प्रचण्ड’को गोप्य तयारी ‘फुत्कियो’, सबै जिल
Advertisement

काठमाडौं, ५ जेठ । पार्टी एकतापछि बन्ने माओवादीको महाधिवेशन आयोजक समितिको सदस्य छनोटमा शीर्ष नेतालाई सकस परेको छ । आयोजक समिति ४९९ सदस्य बनाउँदा पनि भाग पुर्याउन कठिन भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

एमाओवादी र नेकपा क्रान्तिकारी माओवादी दुवैले आफ्नो भागमा पर्ने नेताहरूको छनोटका लागि कार्यदल गठन गरेका छन् । कार्यदल अन्तिम गृहकार्यमा जुटेको नेताहरूले बताएका छन् ।
आयोजक समितिमा एमाओवादीबाट तीन सय, नेकपा क्रान्तिकारी माओवादीको बादल पक्षका एक सय ६१ र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)को विद्रोही पक्षका सात र अन्य पक्षका ३१ जना समेट्ने सहमति छ ।
एमाओवादीले प्रदेशस्तरबाट थप गर्नुपर्ने नामावली संकलन गरेको छ । केन्द्रीय समितिले बनाएको मापदण्डका आधारमा केन्द्रित रहेर सात प्रदेश तथा जनवर्गीय संगठनबाट नामावली संकलन गरेको छ ।

prachanda-speaking

को–को परे प्रदेशको सिफारिसमा ?
बाबुराम गौतम, हेमकुमार राई सोलु, मनबहादुर खत्री, देवान चाम्लिङ, गणेश प्रधान, कृष्णकुमार याङछा, डिल्लीराम राई, दुर्गा चापागाईं, ओङदी शेर्पा, सुदन राई, सीता थेबे, होम जगेबू, धीरेन शर्मा, राजु आचार्य, हर्क खड्का, गणेश उप्रेती, भोगेन्द्र यादव, अमरसिंह राई, डम्बर सुवेदी, गोम्बु शेर्पा, हरिराज खेवा लिम्बू, भविन्द्र अधिकारी, पुरुषोत्तम चुँडाल, लक्ष्मी पौडेल, निर्मल बराल, दुर्गाजयन्ती राई, चम्पा कार्की, मणि खुम्बू, लक्ष्मी न्यौपाने, गीता तिमल्सिना, शिव डाँगी, भीमबहादुर अधिकारी, राजन किराती, जेपी बराल, खेलप्रसाद बुढाथोकी, खड्क योगी, धनमाया विक, उर्मिला तामाङ, दिनेश लावती, विजय लिम्बू, टीका घिमिरे, टंक गिरी, नन्दकुमार कडरिया, जिपी कडरिया, बोधराज दाहाल, ज्योति दर्लामी, अंशलाल राजवंशी, मोहन टुटू, अमनलाल मोदी, सन्तोष थारू, विजय विश्वास, रामजन अली, रेणु दाहाल, यमबहादुर परियार, गणेश रेग्मी, युवराज दुलाल, गोविन्द बटला, रामप्रसाद ढुंगाना, जगत सिम्खडा, उषा देवकोटा, रूपा महर्जन, बमध्वज, हीरानाथ खतिवडा, माधव सापकोटा, समीर दाहाल, गंगा पराजुली, सुनिता रोकाया, पद्मा राई, रामध्वज डल्लाकोटी, कमला दोङ, डिपी ढकाल, गोपाल पाण्डे, जागृत रायमाझी, विशाल खड्का, राजकुमार श्रेष्ठ, धनबहादुर बुर्लाकोटी, रामबहादुर भण्डारी, कमल बुढाथोकी, झल्कु यादव, भुवनकुमार चौधरी, अक्कलबहादुर बम, रुद्र बन्जाडे, भवीश्वर तिवारी, नेत्र पाण्डे, सुदर्शन बराल, कृष अधिकारी, सुरेन्द्र थापा, गोपाल शर्मा, जनक बुढा, रणबहादुर विश्वकर्मा, कुन्ती जोशी, मञ्जु बम, गोपाल रसाइली, रामबहादुर देउकर, कलकबहादुर खड्का, त्रिलोचन भट्ट, मानबहादुर धामी, पदमराज जोशी, दीपक साउद, सहदेव बोगटी, नरेन्द्र कुँवर, लालबहादुर सोडारीलगायत ।

पाँच सयको नाम प्रस्तावित
एमाओवादीको केन्द्रीय समितिमा अहिले १३१ जना छन् । पूर्वकेन्द्रीय सदस्य मात्रै झन्डै ७५ जना छन् । एकतापछिको महाधिवेशन आयोजक समितिमा एमाओवादीले तीन सय सदस्य पाउने सहमति छ । जसमा ९४ जना मात्रै नयाँ अनुहार राख्न पाउनेछ । तर, प्रदेशहरूबाटै झन्डै ३८० जनाको नाम सिफारिस भएको छ । विभिन्न जनवर्गीय संगठन तथा जातीय–क्षेत्रीय मोर्चाले पनि गरेको सिफारिसलाई जोड्दा झन्डै पाँच सयको हाराहारी पुगेको एमाओवादीले जनाएको छ ।

२५ माग्दा १२५ सम्म सिफारिस
एमाओवादीको कार्यदलले महाधिवेशन आयोजक समितिका लागि बढीमा २५ जनासम्मको नाम सिफारिस गर्न प्रदेश इन्चार्ज तथा सेक्रेटरीलाई निर्देशन दिएको थियो । तर, ४ नम्बर प्रदेशबाहेकका सबै प्रदेशले कोटाभन्दा बढी नाम सिफारिस गरेका छन् । १ नम्बर प्रदेशले ५३, २ नम्बरले ६४, ३ नम्बरले ४२, ४ नम्बरले २५, ५ नम्बरले ४०, ६ नम्बरले एक सय २५ र ७ नम्बरले ३० जनाको नाम सिफारिस गरेको छ । ‘प्रेसर थाम्न सक्ने स्थिति नै छैन, एउटा थप गर्दा कम्तीमा पाँचजना स्वत: थप गर्नुपर्ने बाध्यात्मक अवस्था छ,’ ६ नम्बर प्रदेशका सेक्रेटरी कालीबहादुर मल्लले भने, ‘त्यही कारण बढी नाम सिफारिस गरिएको छ ।’ ७ नम्बर प्रदेशका सेक्रेटरी खगराज भट्टले भने भूगोल, समावेशी/समानुपातिक, दलित महिला, जनजाति र वरिष्ठतालाई आधार बनाएर नाम सिफारिस गरेको बताए ।

बादल खेमामा पनि बबाल
आयोजक समितिका लागि नाम छनोट गर्न बादल नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा पनि सकस परेको छ । बादल पक्षको मोहन वैद्य समूहमा रहेका केन्द्रीय सदस्यहरूलाई तान्ने रणनीति छ । नाम छनोट गर्न हितमान शाक्य र कुलप्रसाद केसीले जिम्मेवारी पाएका छन् ।
मणिले थप सदस्य नपाउने
मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले केन्द्रीय समितिमा रहेका १५ बाहेक थप सदस्य नपाउने भएको छ । ‘हाम्रो केन्द्रीय समिति थप हुँदैन,’ थापाले भने, ‘प्रचण्ड र बादलजीहरूमा समस्या छ, त्यहाँबाट भने थपिन्छन् ।’

यी स्वत: पर्दै छन् ?
गोपी अछामी, पूर्णसिंह राजवंशी, चन्द्रकुमार चौधरी, कृष्णकुमार राई, पदमलाल विश्वकर्मा, रामकुमारी यादव, रामचन्द्र शाह, दिलीप साह, फुल्गेन नायक, असर्फी सदा, दीपक यादव, तुलसी ढुंगाना, अच्युतम काफ्ले, विन्देश्वर यादव, धीरज पटेल, जयराम दाहाल, असर्फी यादव, प्रमोदनारायण यादव, घनश्याम दाहाल, ठाकुर ढकाल, गणेश बुढाथोकी, वसन्त माझी, युवराज चौलागाईं, रेशम चौलागाईं, शंकर लामा, मीना तामाङ, दीनानाथ गौतम, इन्द्र गोतामे, श्रीकृष्ण अधिकारी, हिमाल शर्मा, सर्वाेत्तम डंगोल, सरिता महर्जन, श्रीकृष्ण श्रेष्ठ, गंगा बेल्वासे, हरि दाहाल, भाष्कर प्रधानांग, कञ्चन खनाल, अख्तर हुसेन, कुवेर ओली, निर्मल आचार्य, सुष्मा शर्मा घिमिरे, राजबहादुर बुढा, चन्द्रबहादुर खड्का, राजुप्रसाद हरिजन, रामप्रसाद बन्जाडे, जुनुकुमारी रोका, दलजित श्रीपाइली, नेत्रनाथ अधिकारी, गोविन्द पौडेल, झलकपाणि तिवारी, सुशीला सिम्खडा, पारसमणि पौडेल, भक्ति लामिछाने, रामराज रेग्मी, सिसन शर्मा, हरि ज्ञवाली, गोविन्द तिमल्सिना, सुन्दरराज रेग्मी, धर्मराज विश्वकर्मा, जगत पार्की, टेकेन्द्र भट्ट, गणेशप्रसाद सिंह, सीता नेपाली, छिरिङ डम्दुल लामा, कीर्तिबहादुर पुन, कर्णबहादुर बुढा, जीवन बुढा र खिरबहादुर कार्कीलगायत ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.